|

काठमाडौं :  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठकले पार्टी प्रवेश गरेका ४ जनालाई केन्द्रीय सदस्‍य बनाएको छ। केन्द्रीय सदस्य बन्नेहरूमा देवेन्‍द्र पराजुली, कल्पना धमला पदम राई र किरण राई छन्।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले नेता कार्यकर्तालाई एकअर्काविरुद्ध पार्टी र व्यक्तिका विषयमा केही भन्नु परे आन्तरिक कमिटीमा राख्‍न र बाहिर जथाभावी कोही कसैको अनावश्‍यक आलोचना नगर्न पनि भनेको छ। साथै बैठकले विभिन्न जिल्लामा सहइन्चार्जहरू थप्ने निर्णय पनि गरेको छ।  

पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पहिलोपटक सचिवालय बैठक बसेको हो। पार्टी विधानमा दुई अध्यक्ष रहने व्यवस्था भएपनि यसअघिसम्म अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठकको नेतृत्व गरिरहेका थिए।

अध्यक्ष ओली उपचारका लागि लामो समय सिंगापुर बस्नुपर्ने भएपछि नेकपा सचिवालयले प्रचण्डको अध्यक्षतामा बैठक अघि बढाउने निर्णय गरेको थियो।  बैठकमा पार्टीको महानगरका अध्यक्ष र सचिव, प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार कमिटी गठनबारे छलफल हुने बताइएको छ। बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल सचिवालय सदस्यहरू रामबहादुर थापा र ईश्वर पोखरेललगायत सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.