|

चितवन : पत्रकार शालिकराम आत्महत्या प्रकरणका आरोपी रवि लामिछानेसहित तीनै जनाको बयान सकिएको छ। लामिछाने र युवराज कँडेलको बयान भर्खरै सकिएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमनी गिरीले बताए। अस्मिता कार्कीको बयान भने हिजो नै लिइएको हो।

अबको केहीबेरमा थुनछेक बहस सुरु हुने गिरीले बताए। थुनछेक बहसपछि आजै उनिहरुलाई धरौटीमा रिहा गर्ने, सुद्ध तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागी कारागार चलानका लागि आदेश दिनेछ। बहस लम्बिए अदालतको आदेश आज पनि नआउने सम्भावना रहेको जनाइएको छ।

उनीहरू तीनै जनालाई आज बिहान १० बजेपछि चितवन जिल्ला अदालतमा उपस्थित गराइएको हो। पुडासैनी मृत्यु प्रकरणमा उनीहरु तीनैजनाविरुद्ध आत्महत्या दुरुत्साहत मुद्धा दर्ता भएको छ। मुलुकी अपराध संहिताको दफा १८५ अनुसार ५ वर्ष कैद र ५० हजार जरीमानाको माग गर्दै हिजो अदालतमा मुद्धा दर्ता गराएको हो।

पुडासैनी गएको साउन २० गत्ते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनले रेकर्ड गराएको भिडियोमा रवि, युवराज र अस्मिताका कारण आफूले आत्महत्या गरेको आरोप लगाएपछि तीनैजनालाई साउन ३० गत्ते काठमाडौंबाट पक्राउ गरी चितवन ल्याइएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.