|
फोटो : प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालको ट्विटबाट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद बैठकको अध्यक्षता गरिरहेका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले  भिडियो कन्फ्रेन्स मार्फत बैठकको सञ्चालन गरेका हुन्। नेपालको इतिहास मैं पहिलोपटक मन्त्रिपरिषदको बैठक यसरी सञ्चालन भएको हो । यहाँ भने उपप्रधानमन्त्री इश्र्वर पोखरेलले बैठकको नेतृत्व गरिरहेका छन्।

आजको बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ। भिडियो कन्फ्रेन्स सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट मन्त्रीहरू सहभागी छन् र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन्।

यसअघि मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फ्रेन्स बाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था पारित गरेको थियो। बैठक कुन विधिबाट चलाउने भन्ने कुरा मन्त्रिपरिषदको बैठकबाट पारित गरे अनुरुपमात्र चलाउन मिल्ने भएकोले सो विधि पारित गरिएको हो ।

प्रधानमन्त्री ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाट नेशनल युनिभर्सिटी हस्पीटल सिंगापुरमा शुरु गरिएको छ।  प्रधानमन्त्री ओलीको स्वास्थ्य अहिले सामान्य अवस्थामा रहेको उनका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले बताएकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.