थाहा संवाद

‘एक वर्षपछि काठमाडौंमा ५० टन अर्गानिक तरकारी बेच्छौँ’
SHARES

रासायनिक होइन प्रांगारिक मलमा सहुलियत आवश्यक

भदौ ९, २०७६

    काठमाडौं : भन्सार विभागको तथ्यांकअनुसार नेपालको कृषिजन्य वस्तु आयात वार्षिक एक खर्बमाथि पुगेको छ।  सरकारले निरन्तर कृषिमा लगानी गरेको जनाए पनि त्यसको प्रतिफल भने अझै प्राप्त हुन सकेको छैन।

    अहिले पनि निर्वाहमुखी कृषि प्रणालीमा नै अधिकांश किसान अल्झेको देखिन्छ। एकातर्फ रसायनिक मलको बढदो प्रयोगले माटोको उत्पादन शक्ति घटेको छ भने अर्कातर्फ व्यावसायिक कृषिको विकास अपेक्षति गतिमा हुन सकेको छैन। किसानले गरेको उत्पादनले पनि उचित प्रतिफल नपाउँदा कृषिमा लागेका कतिपय किसान पलायन भएको समेत देखिएको छ।

    यस्तो अवस्थामा व्यवसायिक घराना गोल्यान समूह कृषि व्यवसायमा प्रवेश गरेको छ। दुई अर्ब रुपैयाँ लगानी विस्तार गर्ने योजनासहित गोल्यान समूहले मोटो ब्राण्ड लिएर बजारमा आएको हो।

    नेपालका अर्गानिक कृषि गरेर बजार हस्तक्षेप गर्ने र किसानलाई उचित मूल्य दिन किति सम्भव छ, कृषिमा लगानी कति परिणाममुखी लगायतका विषयमा भागवत भट्टराईले गोल्यान समूहका अध्यक्ष पवन गोल्यानसँग गरेको कुराकानीको सम्पादित अंश :

     तपाईंको समूहले कृषिमा पनि लगानी विस्तार गरेको घोषणा गरेको छ कृषिलाई रोज्नुको कारण के छ? लक्ष्य के लिनु भएको छ?

    मैले सुरु गरेको च्यारिटीबाट हो। यो देशलाई अगाडि ल्याउनु छ भने किसानहरूलाई अगाडि ल्याउनुपर्छ भन्ने सोचले सुरु गरेको प्रांगारिक खेतीको बढवा गर्नुपर्छ भनेर किसानहरूसँग मिलेर उनीहरूलाई सहयोग गर्दै अलि अगाडि बढिरहेका थियौँ।

    किसानहरूको उत्पादन बिक्री भएन  बिचौलियाको कारण एकदमै सस्तोमा मात्रै गयो यसकारण गोल्यान समूहले  एग्रोको जन्म गराएको हो।  लगानी गर्ने मुख्य उद्देश्‍य किसानले मूल्य पाओस् र अर्कोतिर आम उपभोक्ताले विषादीरहित खान पाओस् भनेर लागेका हौँ। अहिले नाफाबिना कारोबार गरेका छौँ पछि गएर हामीले निर्यातमार्फत नाफा पनि गर्छौँ।

    नाफाविना चल्दैन भन्ने थाहा नै छ। अहिले किसानबाट बढीमा किनेर विषादी रहेको र बाहिरबाट आएको मूल्यसरहमा बेच्छौँ। हाम्रो प्याकिङ गर्ने खर्च र अरू खर्च पनि लाग्छ हामी त्यसले गर्दा विषादीरहित खाना पाए भने नेपालमै अर्गानिक खेती गर्ने क्षेत्र हुन्छ पछि गएर त्यसबाट नाफा अवश्‍य हुनेछ।

    अहिले नेपाली उपभोक्तामा विश्‍वासको खडेरी देखिन्छ। विषादीरहित छ भनेर कसरी विश्‍वास जगाउन सक्नुहुन्छ?

    हामीले परीक्षणका लागि प्रविधि राखेका छौँ आफैँ पनि गर्छौँ । बीचबीचमा कृषि केन्द्रमा जाँच्नका लागि बारम्बार दिएका छौँ। हामीसँग आवद्ध भएको किसानसँग हाम्रा प्राविधिकहरू १२ महिना नैं हुन्छन् । उनीहरू आफैँले समयसमयमा हरेरिहरको छ र हुन्छ। स्थानीय तहमा पनि प्रमाणित गर्ने काम सुरु गरेका छौँ। 

     विषादीरहित तरकारीको माग धेरै छ  र हुन्छ पनि कसरी पूरा गर्नुहुन्छ

    अहिले नेपालका देशभरका किसान समूहहरू र दुई हजार किसानसँग माल उठाएका छौँ। परीक्षण गरेर हामीसँग आवद्ध भएको गाउँबाट पनि हामीले उठाएका छौँ।

    विशेषगरी फलफूलका लागि कमर्सियल फार्महरु पनि सञ्‍चालन गछौँ। हामी त्यहसका लागि दुई बिघा जग्गा पनि लिएका छौँ। अरू ठाउँमा पनि लिजमा लिएका छौँ। यसका साथै कमर्सियल फार्म ठूला किसानहरू छन् उनीहरूसँग पनि आवद्ध भएर काम गरकेा छौँ।

    अहिले हामीले ललितपुरको लेलेमा सुरु गर्‍यौँ अन्य ठाउँमा पनि कुरा गरेका छौँ ठूला किसानसँग पनि सामान उठाउन सुरु गर्नेछौँ। 

    निर्यात गर्ने पनि भन्नुभएको छ कहिले कति परिणाममा निर्यात गर्नुहुन्छ?

    हामीले यसै आर्थिक वर्षबाट फलफूलको निर्यात गछौँ। अर्को दुई वर्षपपछि तरकारी निर्यात गर्छौँ। अर्गानिक सर्टिफिकेट पाउनको लागि समय लाग्छ। त्यसैले तरकारीको केही समय लाग्छ। तर, हाम्रो पहाडी भेगमा पाइने केही फलफूलहरू जस्तै किवी, ओखर, सुन्तला स्ट्राबेरी,  स्याउमा परीक्षणको रूपमा यही वर्षबाट यसै आर्थिक वर्षमा निर्यात गर्ने योजना बनाएका छौँ।

    कति बराबरको निर्यात पुर्‍याउनुहुन्छ यस आर्थिक वर्षमा?

    यो वर्षमा एक अर्ब रुपैयाँ बराबरको निर्यात गर्छौ भन्ने लागेको छ। आम जनताले सुरक्षित तरकारी र खाना खान पाउन भन्ने हाम्रो चाहना हो। सबैले खाना पाओस् भनेर अवधारणा सुरु गरेको हो।

    माग र पूर्तिको व्यवस्थापन हुनसक्दा किसानले उचित मूल्य नपाएको देखिन्छ कसरी व्यवस्थापन गर्नु हुन्छ?

    मूल्य नपाउनको दुई कारण रहेको छ एउटा बिचौलियाले धेरै नै नाफा राखेर बेचेको हुन्छ। त्यसले गर्दा उपभोक्तालाई महँगो र किसानलाई मूल्य नपर्ने समस्या हुन्छ। अर्को कुरा कुनै उत्पादन पनि सबै ठाउँमा अलिकति मुल्य बढ्यो जस्तो काउली ६० रुपैयाँ पुग्यो भने सबैलेले काउली लगाउँछन्।

    त्यो भएपछि त्यसको भाउ घटेर पाँच रुपैयाँमा जान्छ किसानले पाँच रुपैयाँ मात्रै पाउँछ। पछि काठमाडौंमा आएर बिक्री हुँदा ४० रुपैयाँभन्दा घटी हुँदैन जबकि ६० रुपैयाँको मोल पाउँदा १५० रुपैयाँको पाएको छ। हामीले क्यालेण्डर बनाएर आवद्ध भएका किसानलाई यो यति लगाउन अर्गानिक बारम्बार हरेक  क्यालेण्डर बढाएर फेर्नुभनेर घुमाउनुपर्छ। त्यसबाट आम्दानी बढ्दैन। 

    मागलाई कसरी पूरा गर्नु हुन्छ त?

    हामीले करिब दुई अर्ब रुपैयाँको लगानी विस्तारको योजना गरेका छौँ।  सुरुवातमा अहिले हामीले दैनिक ८/१० टनबाट सुरु गरेका छौँ। यसलाई क्रमिकरूपमा बढाउँदै लैजाने हो।

    अर्गानिक उत्पादनलाई बढाउँदै लैजाने हो। माल बेच्न समस्या नहोला जस्तो लागेको छ। हामीले विषादीरहित उही मूल्यमा दिँदा माल नबिक्ने समस्या हुँदैन। यसको उत्पादन बढाउनका लागि चारैतिर लागिरहेका छौँ। किसानसँग पनि छौँ। अन्य सहरकारीहरूसँग र ठूला किसानसँग पनि सम्पर्कमा छौ। एक वर्षभित्र वार्षिक ५० टन काठमाडौंमा बेच्छौँ। 

    अहिलेको मुख्य समस्या के देख्नुहुन्छ?

    राज्यले नेपाल सरकारले गर्नुपर्ने काम नेपाल सरकारले रासायनिक मललाई सहुलियत दिएको छ। त्यो बन्द हुनुपर्छ। प्रांगारिक मलका लागि  सहुलियत पाउनुपर्छ। अहिले एक पैसा पनि अनुदान सहुलियत छैन। विषादी प्रतिबन्ध लगाउने वा पूर्ण नियन्त्रित हुनुपर्छ। सँगसँगै बजेटमा ड्युटी पनि बढाउनुपर्छ।

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]