|

काठमाडौं : पर्यटनमन्त्री योगेश भट्टराईले तीनकुनेदेखि गौशालासम्मको सडक क्षेत्रमा सेकुवा पोल्न प्रतिबन्ध लगाइने घोषणा गरेका छन् । सोमबार मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ क्षेत्रको रुटका तीनकुनेदेखि गौशलासम्मको सडक क्षेत्रमा सेकुवा पोल्न प्रतिबन्ध लगाउने घोषणा गरेका हुन्। 

मन्त्री भट्टराईले पशुपतिनाथ क्षेत्रमा हुँदै आएको आरतीलाई विश्वसम्म पुर्याउन फेसबुक, युट्युब लाइभको योजना पनि ल्याएका छन्। पत्रकारहरुलाई पनि उक्त आरतीको लाइभ गर्न र भिडियो खिच्ने वातावरण मिलाउने जानकारी उनले दिएका छन्। 

पत्रकार सम्मेलनका क्रममा मन्त्री भट्टराईले एक नेपाली एक विदेशी पर्यटक योजना पनि अघि सारेका छन्। त्यसैगरि उनले ७० वर्ष कटेका वृद्धवृद्धालाइए हवाई भाडामा ५० प्रतिशत छुटको घोषणा गरिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.