|

काठमाडौं :  मौसम परिवर्तनसँगै हिजोआज धेरैमा, घाँटी दुख्ने, घाँटी खस्खसाउने, खानेकुरा निल्न अप्ठ्यारो हुने, घाँटीभित्र रातो हुने जस्ता समस्या देखिने गर्दछ। अझै यस सिजनमा धेरै जना टन्सिलको समस्याले धेरै जनालाई सताउने गर्दछ।

हाम्रो मुखको पछिल्लो भागमा रहेको एक जोडी अण्डाकार मासुको डल्लोजस्तो अंगलाई टन्सिल भनिन्छ। टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो। यो मुखको भित्री भाग तथा जिब्रोको अन्तिम भागतिर नाकको बीचमा रहेको हाडमा  हुन्छ। यसले अंगले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ।

जसले श्वास प्रश्वास वा खानाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्ने किटाणुलाई रोक्ने काम गर्दछ। यही टन्सिलमा चिसो, धुलो, धुवाँ र मौसमी ब्याक्टेरियाको संक्रमणका कारण  समस्या देखियो भने  हामीले यसलाई टन्सिल भयो भन्ने गर्छौं तर, यसलाई मेडिकल भाषामा टन्सिलाइटिस भन्ने गरिन्छ।

मुख र दाँतको राम्रो सफाइ नगर्नु, कुपोषण तथा वातावरणीय प्रदूषणका कारण पनि टन्सिलको समस्या हुन सक्छ भने ब्याक्टेरियाको कारणले पनि टन्सिल हुन्छ। सामान्य ब्याक्टेरियाहरूमा हेमोलाइटिक स्ट्रेप्टोकोकस, स्ट्यापिकोकस, हेमोफाइलस इन्फ्लुयन्जा न्युमोकोकस आदि पर्छन्। टन्सिलको समस्याबाट सबैभन्दा धेरै बालबालिका र किशोरवस्थाका मानिस पीडित हुने गर्दछन्।

साना नानीहरु जस्ले यस्तो समस्याबारे बताउन सक्दैनन्,त्यस्ता नानीहरुले खाना खान नमान्ने, मुखबाट र्याल निकाल्ने,झागडा गर्ने र ज्वरो आउनेजस्ता लक्षण देखाउँदछन्। यस्ता लक्षणहरु देखाएमा अभिभावकहरुले बच्चालाई विषेशज्ञकहाँ देखाउनु पर्दछ।

टन्सिल रोगका लक्षणहरु

सुरुमा घाँटीमा अप्ठ्यारो हुन्छ। थकाइ लाग्ने, भोक नलाग्ने र अल्छी लाग्ने हुन्छ भने  विस्तारै ज्वरो आउन थाल्ने। यदि कसैमा घाँटी दुख्ने, थुक निल्दा वा खाना खाँदा गाह्रो हुने, ज्वरो आउनेजस्ता लक्षणहरु टन्सिला रोगमा देखिने गर्दछन्।  विस्तारै टन्सिल सुन्निएर ठूलो हुने, रातो देखिन्छ र त्यहाँबाट पानी निस्कन थाल्छ। पछि पिप बग्ने या सुन्निने पनि हुने गर्छ। बच्चामा हाच्छ्युँ आउने, नाकबाट सिँगान बग्ने, खोकी लाग्ने र हल्का ज्वरो आउने, शरीर दुख्ने, शरीर काप्ने, खानेकुरा निल्दा धेरै दुख्ने हुन्छ।

टन्सिलका कारण निम्तिन सक्ने जटिलता

टन्सिल भएपछि बच्चाहरूको कान पाक्न सक्छ। घाँटीबाट संक्रमण कानको नलीमा सर्न सक्छ। रुमेटिक ज्वरो, नेफाइटिस, टेस्लिको ब्याक्टेरिया खास गरी स्ट्रेप्टोकोकस हेमोलाइटिकाले घुँडा दुख्ने, मुटुको भल्भ सानो पार्ने  हुँदा मुटुमा  असर गर्छ। टन्सिलको समस्यालाई समयमै उपचार नगरे यसबाट श्वासप्रश्वासमा समस्या बढ्न थाल्छ। टन्सिल समस्या बेलैमा राम्रोसँग उपचार नगरेमा दीर्घ प्रकृतिको रोगमा परिवर्तन हुन्छ। बारम्बार घाँटीको संक्रमण भइराखेमा लिम्फोइड तन्तुमा सूक्ष्म पिप बग्न थाल्छ।

के हो त टन्सिलको उपचार?

सामान्य अवस्थामा घाँटी दुख्दा घरमै तातो झोलीय पदार्थहरू प्रशस्त खाने, मनतातो पानीले कुल्ला गरेर बिरामीले आराम गर्नु आवश्यक हुन्छ। दुखाइ बढ्दै गएर ज्वरो आउने, जोर्नीहरु दुख्नेजस्ता समस्याहरु देखिएमा ज्वरो घटाउने र दुखाइ कम गर्न चिकित्सकको सल्लाहअनुसार औषधी सेवन गर्नुपर्छ । टन्सिलको अवस्था हेरी एन्टिबायोटिकसमेत खानुपर्ने हुन्छ तर, कतिपयले आफूखुसी एन्टिबायोटिक खाने गर्नुहुन्छ। यस्तो गर्नु हुँदैन सकेसम्म टन्सिलको लक्षण देख्नबित्तिकै हामीले घरमै उपचार गर्न सकिन्छ। जसले टन्सिलाको जटिलताबाट बच्न सकिन्छ।

रोकथाम तथा घरेलु उपचार

दैनिक रुपमा मनतातो पानीमा थोरै नुन मिसाएर मुख कुल्ला गर्ने।

तातो पानीको बाफ लिने।

मह मिसाएको मनतातो पानी तथा अन्य झोलीय पदार्थ पर्याप्त सेवन गर्ने।

गलालाई असर पार्ने पदार्थहरू र एलर्जीजन्य तत्वहरू जस्तै– धुवाँ, रसायन वा धुलो आदिबाट जोगिने

घरबाहिर निस्कँदा न्यानो कपडाले घाँटीलाई ढाक्ने र नियमित माक्सको प्रयोग गर्ने जसले धुलो, धुवाँको एलर्जीबाट जोगाउने गर्दछ।

 चिसो र फ्रिजमा राखेका खानेकुराका साथै चिल्लोयुक्त खाने कुराहरु कम खाने गर्नु गर्दछ।

नेपाल मेडिकल कलेजमा कार्यरत  वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डा. अलिल कुमार झासँग गरिएको कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.