|

काठमाडौं : सन्‍राइज बैंकले बानेश्वरमा १२१ औँ शाखा संचालनमा ल्याएको छ। बैंकका अध्यक्ष मोतीलाल दुगड र संचालक समितिका सदस्य ई. बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन्।

सोही कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा १० का  अध्यक्ष रामकुमार केसी र शशारदा शर्मा पुडासैनीले संयुक्त रूपमा एटिएमको पनि उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालका साथै अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

हालसम्म सन्‍राइज बैंकले १२१ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४१ वटा एटिएममार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ। साथै बैंकले  आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरूमा पनि थप शाखाहरू संचालन गर्ने योजना रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.