राजनीति

राजपा विवाद सतहमा, संयोजकले बोलाएको बैठक महासचिवलाई अमान्य

भदौ ११, २०७६

    काठमाडौं : राष्ट्रिय जनता पार्टी राजपाका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले एकलौटी ढंगले पार्टी चलाउन खोजेको भन्दै पार्टी भित्रकै शीर्ष नेताहरुले असन्तुष्टि जनाएका छन्।

    राजपाका महासचिव केशव झाले अध्यक्ष मण्डलका संयोजक यादवले आउँदो शुक्रबार र शनिबार अध्यक्ष मण्डलका सबै सदस्यको सहमति र सल्लाहबिना नै राजनीतिक समितिको बैठक बोलाएकाले त्यो आफूहरूलाई मान्य नहुने चेतावनी दिएका छन्।

    थाहा सञ्चार नेटवर्कसँग कुराकानी गर्दै महासचिव झाले यादवले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरेको बोलाएको बैठक मान्य नहुने बताएका छन्। यादवले एकलौटी चरित्र देखाएर बोलाएको बैठक बस्न सम्‍भव नभएको झाको भनाइ छ।

    चक्रीय प्रणालीअनुसार गत साउन ६ गते राजपा अध्यक्ष मण्डलका संयोजक बनेका यादवसँग झासहित पार्टीका अन्य नेता कार्यकर्ताले पनि असन्तुष्टि जनाएका छन्।

ईश्वरी बराल

थाहा सञ्चार नेटवर्कमा आवद्ध छिन्

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]