सिमानामा राज्यको उपस्थिति न्यून

|

सिमकोट : हरेक वर्ष नेपाल –चीन द्विपक्षीय सीमा सुरक्षासम्बन्धी बैठक बस्दै आइरहेको छ।  तर यस वर्षमा पनि चीनको स्वशासित क्षेत्र तिब्बतको बुराङ कन्ट्रीका सुरक्षा र हुम्ला जिल्लाका सुरक्षा प्रमुख बीच भएको वार्ताको  पुरानो संस्कार तोडिएको हो। 

चिनियाँ सुरक्षा अधिकारीले मात्रै एकलौटी सीमा सुरक्षाका विषयलाई लिएर  हुम्ला जिल्लाका सुरक्षा अधिकारीसँग लिखित सहमति गर्न खोजेपछि प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले असहमति जनाउँदै नेपाल पक्षबाट हुने विषयमा पनि समेटिनुपर्ने विषय राखिन्।

उता चिनियाँ पक्षका सुरक्षा प्रमुख किउसीले भने यस बारेमा असन्तुष्ट व्यक्त गरका छन्। हरेक वर्ष चिनियाँपक्षले सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीसँग एक चीनको नीतिलाई अविलम्ब गर्दै  आइरहेको छ। चीनको तिब्बतका नाकासँग जोडिएका नेपालका उतरी  हिमाली जिल्लाहरूका सुरक्षा अधिकारीसँग दुवै देशको सिमानका विषयलाई लिएर बैठक बस्दै आइरहेको हो।

तर, हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी विनिता भटराईले भने चिनियाँ पक्षका तल्लोस्तरका अधिकारीले लिखित गर्न खोजेकोले त्यहाँको माथिल्लो निकाय र यता नेपाली पक्षको पनि माथिल्लो निकायका आधिकारी द्वारा लिखित गर्नुपर्ने  माग राख्दा चिनियाँ पक्षले नमानेपछि  आफूले  पनि  लिखित नगरेको बताइन्।

उनले मन्त्रालयद्वारा हामीलाई  लिखित रूपमा अधिकार दिएर वार्ता गर भन्ने निर्देशन नआउँदासम्म आफूले लिखित गर्न नसकेको प्रजिअ भट्टराईले बताइन्। दुई देशबीचको सीमा सुरक्षा भन्ने विषय अतिसंवेदनशील हो। दुवै देशका सीमामा हुने गतिविधिको विषयमा अनौपचारिक रूपमा छलफल भएको  छ। 

दुवै देशबीचको सीमालाई समयसापेक्ष व्यवस्थित बनाउँदै लैजानुपर्ने, यसको लागि सबै नाकाहरुको सुरक्षाका लागि प्रहरी बललाई यथाशीघ्र परिचालन गर्नुपर्ने, सीमामा हुने सबै किसिमका गैरकानुनी क्रियाकलापलाई बन्द गर्न दुवै देशका सीमा सुरक्षा र केन्द्रीय तह सम्मका अधिकारीहरुबीच समन्वय गरी आवश्यकता अनुसार सुरक्षा संयन्त्रको परिचालन तथा सुदृढीकरण गर्नुपर्ने एजेन्डा पनि अघि सारिएको थियो।

साथै चीनसँग जोडिएका नाकाहरुमा तिब्वतीहरुको आवतजावतमा कडाई, चेकजाँच गरी अनधिकृत प्रवेशमा रोक लगाउनुपर्ने र चीनविरोधी गतिविधि लाई नियन्त्रण गर्नु लगायतका विषय राखिएको थियो।

हुम्ला सडक सञ्‍जालले नजोडिएको जिल्ला भएकोले सधैँभरि नुनदेखि सुनसम्म तिब्बतमा भरपर्नुपर्ने  बाध्यता छ।

मंगलबार चीनको बुराङ काउण्टीको ताक्लाकोटमा भएको सीमा सुरक्षा वार्ताका लागि नेपाली टोली प्रमुख जिल्ला अधिकारी विनित भट्टराईको संयोजकत्‍वमा गएको टोलीले  विना निकर्षमा वार्ता भएको बताइन्।

प्रमुख जिल्ला अधिकारी भटटराईका अनुसार चिनियाँ सुरक्षा अधिकारीले ठोस विषय उठान नगरेको भन्दै आफूले लिखित सम्झौता नगरेको सुनाइन्।

नेपाल–चीन द्विपक्षीय सीमा बैठकमा सहभागी हुन हुम्लाका प्रमुख जिल्ला अधिकारी  विनीता भटराई, जिल्ला प्रहरी प्रमुख डिएसपी  रामप्रसाद घर्तीमगर,,  नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामा र सिमकोट गाउँपालिका अध्यक्षय पदमबहादुर लामा लगायत ७ सदस्यीय टोली गएको हो।

उता सीमा क्षेत्रमा हुने गतिविधिहरुका बारेमा  लिखित सहमति गर्न खोज्दा आफूलाई अधिकार नभएको र चिनियाँ पक्षबाट पनि अधिकार नभएकोले वार्ता नभएको  प्रमुख जिल्ला अधिकारी भट्टराईले बताइन्।

सिमानामा राज्यको उपस्थिति न्यून

नेपाल– चीनको सीमा क्षेत्रमा नेपालका तर्फबाट राज्यको उपस्थिति निकै कमजोर रहेको छ। सीमा प्रहरी बल लगायतका सीमासँग आबद्ध सरकारी निकायहरूको सीमा क्षेत्रमा भने राज्यको उपस्थिति न्यून हुने गरेको छ। हिल्सा नामा रहेको सीमा क्षेत्रमा नेपालका तर्फबाट ७  महिनासम्म राज्यको प्रतिनिधिको रूपमा प्रहरी मात्रै रहने गरेको छ।

हुम्लाको लिमीलाप्चा, चुवाँखोला, र टाँके नाकामा प्रहरी चौकी राखिएको भनिएता पनि अहिलेसम्म त्यस क्षेत्रमा  बस्ने नगरेको खुलासा भएको छ। सीमा क्षेत्रमा बाह्रैमास प्रभावकारी रूपमा कडा सुरक्षाका साथ नेपाल सरकारले  सुरक्षा व्यवस्था नगरेको समेत स्थानीय बासिन्दाले बताएका छन्।

सामान आयात तथा निर्यात, सीमा सुरक्षा, सिमानामा हुने अवाञ्‍छित गतिविधि र दुई देशबीच सिमानामा हुन सक्ने कुनै पनि नकारात्मक गतिविधि नियन्त्रणका विषयमा नेपाल सरकार बाट उठान भएकै छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.