|

बागलुङ : मध्य पहाडी लोकमार्गको खहरे अक्षेते खण्ड बिस्तार थालिने भएको छ। जिल्ला प्रशासन कायालयको अगुवाईमा बुधबार बसेको सर्वपक्षीय भेलाले बैकल्पिक मार्ग खुलाएर सडक फराकिलाे बनाउने काम थाल्न आयोजनालाई अनुमति दिएको हो। 

असार मसान्तभित्रै कालोपत्रे गर्ने भने पनि अहिलेसम्म जीर्ण भएपछि प्रशासन, जनप्रतिनिधि र अन्य सरोकारवालाको ध्यानाकर्षण भएको थियो। आयोजना प्रमुख आशिस थापामगर आएर आयोजनामा ठेक्का लिएका दुइवटा ठेकेदारको पक्षसँग छलफल गरेपछि आयोजना चालु बर्षभित्रै सक्न दवाव पनि दिएको छ। आगामी पुस मसान्तसम्म काम सक्ने गरी ठेक्का लिएका दुइवटा कम्पनीले काममा ढिलाई गरेको आरोप लागेको थियो।

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले देशकै गौरवको आयोजना भए पनि बागलुङ बजारदेखि काठेखोला गाउँपालिकाको घोडाबाँधे सम्मको खण्डले जिल्लाको अन्य बिकासलाई पनि गिज्याएकोले छिटो काम गर्न आग्रह गरे। उनले तोकिएको मापदण्ड, आयोजनाका कारण आइपर्ने अन्य समस्या समाधान समेत गरेर काम गर्न भने।

आयोजना प्रमुख थापाले पनि काम गर्न तयार भएको प्रतिवद्धता जनाए। सर्वपक्षीय भेलाले पनि आयोजनाको काम अगाडि बढाउन सहयोग गर्ने बताएका छन्। बिशेष गरी अक्षेते, खहरे लगायतका केही स्थानमा पहरो फोडेर बाटो खुलाउनु पर्नेछ। उक्त पहरो फोड्नका लागि सडक अवरुद्ध हुने भएपछि बिकल्पको बाटो दिने तयारी पनि गरिएको छ।

तीज सकिए लगत्तै आयोजनाले एक महिनाका लागि यो खण्डमा यातायात अवरुद्ध गरेर काम थाल्ने छ। त्यसअवधिमा खहरे देखि अक्षेते सम्म बिकल्पको बाटो दिने बताइएको छ।

बिहान दुइ घण्टा र कार्यालय छ्टने समयमा एक घण्टा सडक खुलाएर अन्य बेला बन्द गरेपछि काम गर्न पनि सहज हुने थापाले बताए। यो खण्डमा काम गरिरहेको भारत सिद्धि शाही प्रकाश कन्स्ट्रक्सनले आइपर्ने अवरोध हटाउन प्रशासन, राजनीतिक दल र स्थानीय तहले सहयोग गरिदिएमा एक महिनामा पहरा फोड्ने र चक्ल्याउने काम सक्ने बताएको छ।

इन्जिनियर मिहिर सिंहले काम सक्ने आश्वासन दिएका थिए। उनले आगामी माघसम्म सडक कालोपत्रे गरिसक्ने योजना बनाएको पनि बताए। अघिल्लो वर्ष यो खण्डमा रातारात काम भएको थियो। तर आयोजनाले मुआब्जा नदिएको, विद्युतका पोल र खानेपानीका पाइपलाइन नहटाएको जस्ता कारण देखाएर कामबाट ठेकेदार पक्ष पछि हटेको थियो। 

आयोजनाको काम भइरहेको र पत्र पठाएर मापदण्ड भित्र काम नगर्न भने पनि नेपाल विद्युत प्राधिकरणले खरवाङदेखि बुर्तिवाङ खण्डमा पोल गाडिएको थापाले बताए। सरोकार राख्ने संस्थाले समन्वय नगरीकनै काम गर्दा सडकको सोच अनुसारको काम गर्न नसकिएको बताए।

तत्कालका लागि यो सडक ८ मिटर चौडाको बनाएर कालोपत्रे गरिनेछ। तर आयोजनाका लागि भने मध्यभागबाट २५ मिटर दायाँबायाँ छाडेर मात्र घर वा अन्य संरचना बनाउन पाउने व्यवस्था छ। साथै दुवैतर्फ ६ मिटर आफ्नै जग्गा रहने गरी छाड्ने व्यवस्था गरेर ३१ मिटर कायम भएको थापाले बताए। यो सडक निर्माण हुँदा राष्ट्रिय गौरवको बन्ने बताइएको छ।

गौरवको आयोजनामा सूचीकृत भए पनि तत्कालका लागि पुरानो मापदण्ड र नयाँ मापदण्डले कार्यान्वयनमा समस्या आएको बताइएको छ। भदौ १८ गतेदेखि थालेर असोज १७ गतेसम्म गरिने काममा बिहान साँढे ७ बजेदेखि साँढे ९ बजेसम्म काम गरेर एक घण्टाका लागि सडक खुलाइनेछ।

साँढे १० बजेदेखि दिउसो साँढे ४ बजेसम्म सडक बन्द हुन्छ भने एक घण्टाका लागि पुन सडक खुल्नेछ। यसरी खुलाइदा विद्यार्थी, कर्मचारी र टाढाबाट आएका यात्रीलाई आउजाउको अवसर दिइने भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.