समाज : सुरक्षा/अपराध

सटर फोरेर लाखौँ चोर्ने गिरोहका ७ जना पक्राउ
SHARES

भदौ १२, २०७६

    विराटनग : सटर फोरेर चोरी डकैती गर्दै आएको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएको ७ जनाको गिरोहमा ३ भारतीय र ४ नेपाली छन्।

    उनीहरुले विभिन्न मितिमा विराटनगर महानगरपालिका भित्रका ४ वटा सटर फोरेर लाखौं रुपैयाँ चोरी गरेको जनाएको छ। अभियुक्तहरुले विराटनगर–२ शनिहाटमा रहेको पञ्चकन्या ट्रेड लिंकमा २०७६ साउन २३ गते बिहान ४ बजेको हाराहीमा सटर फुटाई ५ लाख ९५ हजार चोरी गरेका थिए। यसैगरी सोही समयको आसपासमा नजिकै रहेको गणनायक मार्केट्रिङमा समेत सटर फुटाई ४ लाख चोरी गरेका थिए।

    अभियुक्तहरुले भदौ ९ गते विराटनगर–७ स्थित कदमाहा कृषि सहकारी संस्था लिमिटेडबाट सटर फुटाई ४ लाख ९५ हजार र भदौ १० गते विराटनगर–७ कै माँ भवानी इन्टरप्राईजेजबाट सटर फुटाएरै ६ लाख चोरी गरेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको छ।

    पक्राउ गरिएका अभियुक्तहरुमा मधुबनी, कटैया ग्राम पञ्चायत–३ भारतका ३५ वर्षीय धमेन्द्र कामत, सोहि ठाउँ वडा नम्बर १ बस्ने ३२ वर्षीय लक्ष्मण गुप्ता र मधुबनी लदौत ग्रामपञ्चायत ६ का ४४ वर्षीय मोहम्मद मोतिउर रहमान छन्।

    यसैगरी गौर नगरपालिका वडानम्बर ३ का ४१ वर्षीय मोहम्मद मोहिज धुनियाँ, सोहि ठाउँका ५० वर्षीय बलराम क्षेत्री, ब्रम्हपुरी गाउँपालिका वडानम्बर ४ बस्ने ५२ वर्षीय सेख मोहम्मद सलिफ र सोही ठाउँका ४६ वर्षीय सेख अलि असगर छन्। घटनाको विषयमा जानकारी दिनुहुँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी

    विश्व अधिकारीले अभियुक्तले भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीबाट जोगबनीको बाटो विराटनगर प्रवेश गरेर रातको समयमा चोरी गर्दै आएको बताए। अभियुक्तहरू समूहमा हिँड्ने र गोल्ड कटरबाट सटरको ताला काटेर चोरी गर्दै आएको बताए। भदौ ११ गते प्रहरीले पथरी शनिश्चरे नगरपालिका १ बाट उनीहरुलाई पक्राउ गरेको एसपी अधिकारीले जानकारी दिए।

    प्रहरीले अभियुक्तहरुको साथबाट घटनामा प्रयोग गरिएको बी आर ३२ पि ए २८३६ नम्बरको स्कार्पियो गाडी ७ थान मोबाईल, नेपाली सिम कार्ड १ र भारतीय सिमकार्ड १ थान,फलाम काट्न प्रयोग हुने कटर मेशिन १ थान, कम्ब्याक्टर पैन्ट र तन्ना लगायतका सामाग्रि बरामद गरेको छ।

    अभियुक्तहरुले लाखौंको चोरी डकैती गरेको भए पनि उनीहरुको साथबाट नेरु १२ हजार ८ सय ५० र भारु ११ हजार ४ सय १० रुपैया मात्र बरामद भएको प्रहरीले जनाएको छ। घटनामा मुख्य अभियुक्त मानिएका मधुबनी भारतका मोहम्मद कलाम फरार रहेका कारण सोहि ब्यक्ती रकम लिएर फरार भएको हुनसक्ने प्रहरीको अनुमान छ।

अर्जुन आचार्य

आचार्य थाहा खबरका मोरङ समाचारदाता हुन्। इमेल : jorarjun@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]