|

रुकुम : नेपालमा बच्चाको नाम राख्ने प्रचलन जाति र समुदाय अनुसार भिन्न भिन्न छ। धेरैजसोले जन्मेको ११ औं दिनमा न्वारान कर्म गरेर बच्चाको जन्म भएको समयको आधारमा नाम राख्ने गर्छन्। तर रुकुमको एउटा  यस्तो मन्दिर छ जहाँ जन्मिने बच्चाको नाम बर्ष दिनअघि नै राखिन्छ।

रुकुम बाँफिकोट ६ काडास्थित बुराल बाबाको मन्दिरमा सन्तानको तयारीमा रहेका जोडीहरुबाट जन्मिने बच्चाको नाम पहिल्यै राखिन्छ। मन्दिरका धामी ध्रुवराज केसीले मन्दिरमा सन्तान बरदान माग्न आउने जोडीबाट जन्मिने छोराछोरीको ननाम पहिले नै दिइन्छ। 'धेरै निःसन्तान जोडीहरु यहाँ आएर बरदान मागेपछि सन्तान प्राप्त गरेका छन्, उनीहरुको नाम वरदान माग्न आएकै बेलामा राखिन्छ’ केसीले भने, ‘बुरालबाबाको शक्तिले जे देखिन्छ हामीले त्यही भन्ने हो।’

६ बर्षसम्म बालबच्चा नभएपनि जहाँ दर्शन गरेका कारण सुकराम देवकोटा र संगीता देवकोटाको कोखबाट विभव देवकोटाको बच्चा जन्मियो। उनको जन्मने छोराको नाम सन्तान वरदानका लागि मन्दिर गएको बेलामा नै राखिएको थियो।  

‘बुरालबाबाको शक्तिले नै हाम्रो जोडीले बिहे गरेको ६ बर्षपछि छोरा जन्मियो, यसप्रति हामीलाई पूर्ण विश्वास छ’ स्थानीय सुकराम देवकोटाले भने, ‘यसअघि अस्पतालमा गएर धेरै उपचार गरियो लामो समय सम्म पनि भएको थिएन, अन्त्यमा बुरालबाको शक्तिले सन्तान पैदा भयो।’

सुकराम र संगीता दम्पतीको मात्र होइन मन्दिरमा गएर दर्शन र सन्तान गरेका स्थानीय बिपी रिजालको १६ बर्ष पछि र बाँफिकोट ७, का चन्दा केसी र निराजन केसीको पनि त्यहाँ बरदान मागेका कारण हालसालै छोरा जन्मिएको उनीहरु बताउँछन्।

मन्दिरमा सर्वसाधारणदेखि उच्च पदस्थ ब्यक्तिहरु पनि दर्शन र वरदान माग्न आउँछन्। यहाँको दर्शन गर्दा मनले चिताएको पुग्ने र धन तथा सन्तान वरदान हुने जनविश्वास छ। यहाँ पुगेका मानिसहरुको उपचारमा जडिबुटीको प्रयोग गरिन्छ। तर बोक्सी लाग्ने कुरामा भने बुराल बाबाले विश्वास नगर्ने पुजारी केसी बताउँछन्। दैनिक २० देखि ३० जनासम्म आउने उक्त मन्दिरमा बिबाह भएको लामो समय सन्तान नभएका जोडीहरु बढी रहेका छन्।

उक्त मन्दिर संरक्षणका लागि जिल्ला विकास समिति लगायतका बिभिन्न निकायबाट बजेट परेका कारण मन्दिरको पुनर्निर्माण गरिएको स्थानीय गोपाल केसी बताउँछन्। उनका अनुसार यस बुरालबाबा शक्तिको थप प्रचारप्रसार गर्ने उद्देश्यले माघ १९ गतेदेखि २५ गतेसम्म धार्मिक सप्ताह सञ्चालन गर्ने तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.