|
फाइल फोटो

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कटकुवाको जंगलमा गाई बेवारिसे अवस्थामा फालेर नेपालगंजतर्फ जाँदै गरेका ५ वटा ट्रक सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ। जसमध्ये एउटा ट्रक छिन्चु ईलाका प्रहरी कार्यालयमा राखिएको छ भने चार वटा ट्रकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। साथै प्रहरीले ती ट्रकका चालकलाई पनि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ना६ख ४९४९ ट्रक चालक रौतहट चन्द्रपुर ननगरपालिका २ का ३२ वर्षीय दामोदर केसी, ना६ख ९९०५ नम्बरको सवारी चालक बाँके कोहलपुर नगरपालिका १४ का ३४ वर्षीय हिम बहादुर जिसी, ना६ख ९१७७ नम्बरका सवारी चालक चितवन राप्ती नगरपालिका ४ का २८ वर्षीय बिबेक कुवँर रहेका छन्।

यसैगरी, भे१ख १०१५ नम्बरका  चालक चितवन राप्ती नगरपालिका ५ का २७ वर्षीय सागर विश्वकर्मा र ना ५ ख ६६७४ नम्बरका सवारी चालक नवलपरासी सरावल गाँउपालकिा १ का २९ वर्षीय सुकधन चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार


त्यसरी बेवारिसे अवस्थामा छोडिएका गाई नेपालगंज उपमहानगरपालिकाले पठाएको पनि खुलेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले नै चिठी लेखेर नेपालगंज उपमहानगरपालिका अन्तर्गतको कान्जिहाउसमा रहेका करिब ३ सय ७० गाई सुर्खेत हुँदै दैलेखको श्रीस्थानसम्म पुर्‍याउन सहयोग गरेको पत्र भेटिएको हो। यही भदौ ८ गते कार्यपालिकाको निर्णयअनुसार उपमहानगरपालिकाले जिल्ला प्रशासनलाई पत्रको लागि अनुरोध गरेको पत्रमा उल्लेख छ।

स्थानीयले दर्जनौं गाई मरेको खबरपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ का  वडा अध्यक्ष ध्रुवकुमार चपाई, १४ का वडाका अध्यक्ष टोप बहादुर दर्लामी, वीरेन्द्रनगर नगररपालिकाका कर्मचारी र पशु चिकित्सकसहितको टोलीले स्थलगत निरिक्षण गरेको थियो।

स्थलगत निरीक्षणका क्रममा टोलीले १६ वटा गाई मरेका भेटिएको छ। जसमा १२ बटा गाई, ४ वटा गोरू मरेका भेटिएको हो। मरेका गाईगोरुको मुचुल्का र पोष्टमार्टम वीरेद्रनगरनगरपालिकाले गरेको छ। अन्य ७ वटा गाई गम्भीर घाइते अवस्थामा रहेका र अन्य गाई यत्रतत्र छरिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले घाइते गाईको उपचार गरिरहेको र प्रहरीलाई आवश्यक कार्वाही थाल्न अनुरोध गरेको बताए। नगरपालीकाले छाडा चौपायालाई व्यवस्थापन गर्न गौशाला निर्माण गरिरहेको पनि सुवेदीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.