|

इलाम : विवाहपछि श्रीमान श्रीमतीको एउटै चाहना हुन्छ सँगै जिउने सँगै मर्ने। ७ दशक भन्दा लामो समयसम्मसँगै जिवन विताएका दम्पतीको एकैसाथ मृत्यु भएको घटना भने विरलै पान्इछ। तर इलामको माई नगरपालिका–३ मा भने एक जोडीले एकैदिन मृत्युवरण गरेका छन्। 

९५ वर्षीय डिल्लीबहादुर थापा र ९३ वर्षीया तोरनकुमारी थापा। यो जोडीको मृत्यु ६ घण्टाको फरकमा भएको हो। शुक्रबार साँझ ६ बजे डिल्लीबहादुरको निधन भएको ६ घण्टा वित्न नपाउदै तोरनकुमारी पनि संसार छाडिन।

लामो समयदेखी तोरनकुमारी विरामी भएपनि डिल्लीबहादुर भने स्वास्थ्य नै थिए। उनी गाँउघर वरपर हिडने डुल्ने नै गरेका थिए। स्थानिय शिक्षक गोपाल घिमिरेका अनुसार सामान्य भाइरल ज्वरोले थलिएका श्रीमान एक्कासी मुटु दुखेर ओछयान परेको केही घण्टा नवित्दै निधन भयो। तर यो घटना तोरनकुमारीलाई जानकारी थिएन्। घरमा छोरा बुहारी छोरी र अन्य आफन्त डाँको छोडेर रोएको सुनेपछि उनको मनमा चस्का पस्यो त्यही पिडाले तोरनकुमारीलाई पनि लगेर छाड्यो।

दुवै जनालाई लोदिया दोभानमा एउटै चित्तामा जलाएर मलामीहरु फर्किए। मलामी गएका राधाकृष्ण अधिकारी भन्छन ‘धेरैको मलामी गइयो तर दुवै श्रीमान श्रीमतीको एकैदिन मलामी गएको पहिलो पल्ट हो।’ थापा दम्पतीको १ छोरा, ४ छोरी, ३ नातीनी, २ नाती र १ पनाती रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.