काठमाडौं : सिस्नुपानी नेपालद्वारा कुशे औँसीको अवसरमा भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको हलमा ‘बा’ कार्यक्रम सम्पन्न गरेको छ। दुई घण्टा चलेको ‘बा’ कार्यक्रममा विभिन्न स्रष्टाहरूले भावुक हुँदै बुवाको सम्झना गरे।
नगेन्द्र राईको समूहको वाद्यवादन प्रस्तुति रहेको उक्त कार्यक्रममा सत्य–स्वरूप आचार्य, शिशिर योगीलगायतको गायन प्रस्तुति दिए। कवि विप्लव ढकाल, विप्लव प्रतीक, लक्ष्मण गाम्नागे,टंक आचार्य, मनोज गजुरेल, मऽदनकृष्ण श्रेष्ठ रामप्रसाद ज्ञवाली, मित्रलाल पंज्ञानी, बिना थिङ, हेम प्रभासलगायतले बुवाकै सम्झनामा कविता प्रस्तुत गरे।
आफ्ना सन्तानप्रति बुवाले गरेको माया, सद्भाव, त्याग र बलिदानलाई सम्झेर अघि बढ्नुपर्ने दायित्वलाई कलाकार र कविहरूले गीत र कविताको माध्यमबाट प्रस्तुत गर्दा माहोल भावुक बनेको थियो।
बुवाको जिम्मेवारीलाई चिनाई सम्मान गर्ने परम्परा बसाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले बताए। सिस्नुपानी नेपालले ‘बा १’ शीर्षकको प्रस्तुति दिएको हो।दर्शकहरुको टिप्पणि थियो - हँसाउदै सिस्नो पानी लाउनेले यसपटक रुवाएर सिस्नो पानी लगायो ।
हेर्नुस भिडियो
तपाईंको ईमेल गोप्य राखिनेछ ।