|

ब्राजिलको अमाजोनास राज्यमा रहेको एक जेलमा झडप हुँदा ५६ जनाको मृत्यु भएको छ।

एनिसिओ जोबिम हिरासतमा स्थानीय समयअनुसार आइतबार राति दुई विरोधी समूहबीच १७ घण्टासम्म हिंसात्मक झडप भएको बीबीसीले लेखेको छ

आपराधिक समूह ‘फेमिली अफ द नर्थ’ र ‘फस्र्ट क्यापिटल कमाण्ड’का सदस्यबीच जेल र लागुऔषध तस्करीको रुटमाथि नियन्त्रण राख्ने विषयमा झडप भएको बताइएको छ।

झडपको १७ घण्टापछि कैदीहरूले हतियारसहित आत्मसमर्पण गर्नुका साथै नियन्त्रणमा लिएका १२ जना सुरक्षा गार्डलाई मुक्त गरेका बीबीसीले जनाएको छ।

झडपपछि भागेका ८७ मध्ये ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भागेका अन्य कैदीको खोजीका लागि अमाजोनासको राजधानी मनाउसलाई प्रहरीले घेराबन्दीमा राखेको छ।

ब्राजिलका जेलमा क्षमताभन्दा बढी कैदी राखिँदा बेला बेलामा झडप हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.