|

काठमाडौं : मेगा बैंक नेपाल लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच ‘क्वीक भुक्तानी’ सेवा प्रयोगका लागि सम्झौता भएको छ।

‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म युके एडको एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो। सम्झौताअनुसार मेगा बैंकले आफ्ना ग्राहकलाई यस प्लाटफर्ममार्फत इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ।

अब विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता अथवा सप्लायर, क्रेता कम्पनीले यस प्लाटफर्म प्रयोग गरी तुरुन्तै मेगा बैंकबाट भुक्तानी लिन सक्ने बैंकले जनाएको छ। बैंकले यो प्रविधिमार्फत सप्लायरले क्रेता कम्पनीलाई सामान उपलब्ध गराइसकेपछि यो प्लाटफर्म प्रयोग गरी सामानको बिल बराबरको रकम तुरुन्तै बैंकबाट भुक्तानीको व्यवस्था मिलाएको हो।

यसले सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानीको सुविधा प्रदान गर्दछ भने क्रेता कम्पनीलाई आफ्नो चालु पूँजी व्यवस्थापन गर्न मद्दत मिल्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लखे गरिएको छ। बैंक, क्रेता कम्पनी र सप्लायर एकैसाथ आबद्ध हुनसक्ने यस अनलाइन प्लाटफर्मबाट मेगा बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.