|
प्रतीकात्मक फोटो

सिन्धुपाल्चोक : डेंगु संक्रमणबाट सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १२ भीमटारका ६५ वर्षीय रामबहादुर दनुवार मृत्यु भएको इन्द्रावती गाउँपालिका १२ का अध्यक्ष कमलरत्न दनुवारले बताएका छन्। अस्पतालले डेंगुकै संक्रमणबाट उनको मृत्युको भएको घोषणा गरेको उनले जानकारी दिएका हुन्।

परिवार स्रोतका अनुरसा उनलाई ज्वरो आउने, टाउको दुख्ने हुन थालेपछि उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। धुलिखेलले डेंगु भएको भन्दै काठमाडौं लैजान सुझाएको थियो। आफन्तले राजधानीको बानेश्वरस्थित भेनस अस्पताल पुर्‍याएको थियो। भेनस अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।

अस्पतालले दनुवारको मृत्यु डेंगुकै कारणले भएको प्रमाणित गरेपछि अहिले भीमटारमा गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जानकारी दिए। अन्य स्थानमा संक्रमण फैलन नदिनको लागि स्वास्थ्यकर्मी परिचालन गरिएको उनले जनाए।

डेंगु संक्रमणकै कारण यसअघि सुनकोशी गाउँपालिका १ ठोकर्पाका ३० वर्षीय टंक न्यौपाने बिरामी भएका थिए। उनको अहिले काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको बताइएको छ।

इन्द्रावती डेंगु संक्रमण प्रमाणित हुँदा जिल्ला अस्पतालमा भने अहिलेसम्म कुनै बिरामी नआएको जिल्ला अस्पतालको नसिङ अधिकृत ज्ञानी खड्का बताउँछिन्। डेंगु संक्रमण जिल्लाका अन्य स्थानमा फैलन नदिनको लागि सचेत रहन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयको निर्देशनमा डेंगु संक्रमित र सम्भावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.