|

सिन्धुपाल्चोक : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा झडप हुँदा २ जना घाइते भएको छन्। आयोजनाको सामान तोडफोड गर्न खोजेपछि झडप भएको थियो।

झडपमा मजदुरहरु सन्तोष चौधरी र बालमुकुन्द अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालयको डिएसपी माधव काफ्लेले जानकारी दिए। प्रदर्शन रोक्नको लागि प्रहरीले रबरको गोली र १० राउण्ड अश्रुग्यास प्रहार गरेकोसमेत उनले बताए।

आयोजनाको निर्माण कम्पनी सिएमसीले काम छोडेर भागेपछि स्थानीयको रकम पाएका छैनन्। सरकारले नयाँ टेण्डर प्रक्रियाबाट नयाँ निर्माण कम्पनीलाई काम जिम्म दिएपछि उनीहरू आन्दोलित भएका हुन्। उनीहरुले आफूले पाउने रकमको टुङ्गो नभएसम्म आयोजनाको काम अगाडि बढाउन नदिने चेतावनी दिएका छन्।

मेलम्ची आयोजना : झडपपछि पाँच राउण्ड अश्रुग्यास प्रहार 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.