४३ देशका २५४ जनाले लिए आरोहण अनुमति

|

पोखरा : मनास्लु हिमाललाई 'किलर माउण्टेन' का रुपमा पनि चिनिन्छ। किलर माउण्टेन आरोहणका लागि यस वर्ष सबैभन्दा धेरै आरोहीले अनुमति लिइरहेका छन्।

गोरखाको चुमनुब्री गाउँपालिका १ मा रहेको ८,१६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणको लागि यो वर्षका लागि १९८ जनाले आरोहण अनुमति लिइसकेका छन्। यो क्रम अझै जारी छ। देशभरका विभिन्‍न हिमाल आरोहणका लागि भने २५४ जनाले अनुमति पाएका छन्।

विश्वको आठौं अग्लो हिमाल समेत रहेको यो हिमाल चढ्न जोखिम भएकैले पनि किलर माउण्टेन भनिने गरिन्छ। यो वर्षको यो सिजनको लागि हिमाल चढ्नेले अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ।

‘हिमाल आरोहणको लागि अनुमति लिनेहरू आइरहन्छन्। कोहीले कुन सिजनको कोहीले कुन सिजनको लागि अनुमति लिन्छन्,’ पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले भने, ‘यो सिजनमा २४ वटा ग्रुपले नेपालका विभिन्न हिमाल आरोहणको अनुमति लिएका छन्।’

नेपालमा हिमाल आरोहणको अनुमति लिएका २७ समूह मध्ये १९ समुहले गोरखाको मनास्लु हिमाल आरोहणको अनुमति लिएको विभागले जनाएको छ।

सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए। त्यसयता कयौँ आरोहण सफल र विफल भएका छन्। केहीले ज्यान गुमाएका पनि छन्।

 

जोखिम भएकै कारणले पनि आरोहीको रोजाइमा यो हिमाल पर्ने गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना एक्यापका प्रमुख नरेन्द्र लामा बताउँछन्।

‘साहसिक काम गर्नेहरु यहाँ आउँछन्। सजिलो ठाउँ जो पनि जान्छन् जोखिम ठाउँमा नै केही गरेर नाम राखौँ भन्नेहरू यहाँ आउँछन्,’ उनले भने। आरोहीले सगरमाथा भन्दा मनास्लु आरोहण गर्न गाह्रो हुने बताएका छन्।

मनास्लु आरोहण गनयस हिमालबाट आगामी सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट दुई करोड रुपैयाँ रोयल्टी संकलन भइसकेको पर्यटन विभागले जनाएको छ।  

सात हिमालमा कति चढ्दैछन्?

अहिलेसम्म यो सिजनको लागि आरोहण अनुमति लिनेमध्ये १ जनाले मात्र सगरमाथाको लागि एकजना मात्र छन्। मनास्लु १९८, धौलागिरी ३० जना, डाँफे सैल ३, ल्होत्से १३ जना, मकालु ४, पानपोचे पहिलो ५ जनाले आरोहणको अनुमति लिएका छन्।

आरोहणमा जानेहरूबाट दुई करोड ६१ लाख चारहजार ५२५ रुपैयाँ राजस्व उठेको पर्यटन विभागले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.