|

काठमाडौं : सन्‍राइज बैंकले मान्थलीमा १२२ औँ शाखा संचालनमा ल्याएको छ।

बिहीबार आयोजित औपचारिक कार्यक्रमा मन्थली नगरपालिका मेयर रमेशकुमार बस्नेत, सन्‍राइज बैंकका संचालक समितिका सदस्य दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन्।

सोही कार्यक्रममा रमेशकुमार बस्नेत र दीपक नेपालले संयुक्त रूपमा एटिएमको पनि उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

हालसम्म सन्‍राइज बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२ वटा एटिएममार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.