|

  • मेगराज खड्का

रुकुम : जिल्लामै पहिलोपटक कपास उद्योग स्थापना भएको छ। स्थानीय एक युवकले जिल्लामा पहिलो पटक कपास तथा डसना उद्योग सञ्चालनमा ल्याएका हुन्। चौखावाङ–४ का नरेन्द्र ओलीले मुसीकोट नगरपालिकास्थित सोलावाङ बजारमा उद्योग सञ्चालनमा ल्याएका हुन्। उद्योग इन्जिनियर अध्ययन पुरा गरेका ओलीले १० लाख लगानीमा उद्योग सञ्चालनमा ल्याएका हुन्।

स्थानीय कच्चा पदार्थ प्रयोग गरी उनले कपास उत्पादन गरिरहेका छन्। गाउँ-गाउँबाट पुराना कपडाहरु खरिद गरेर त्यसबाट कपास उत्पादन गर्ने उनले बताए। अध्ययन सकिएपछि केही समय फुर्सदिलो बनेका ओली अहिले निक्कै व्यस्त देखिन्छन्।

सुरुमा उद्योगबाट दैनिक ५० देखी ६० हजार केजी उत्पादन हुने गरेको छ। हाल उनको उत्पादन स्थानीय बजारहरुमै खपत भैरहेको छ।

बिस्तारै जिल्लाकै सबै बजार र जिल्ला बाहिर समेत कपास पठाउने तयारी भै रहेको सञ्चालक ओलीले बताए। उनको उद्योगमा चार जना कामदारले समेत रोजगारी पाएका छन्।'इच्छा शक्ति भएमा प्रत्येक काम सफल हुन्छ,' उनले भने,'म यस पेशावाट सफल हुन्छु, यसमै म खुशी छु।' बजार भन्दा विद्युतको चुनौति रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.