|

सिन्धुपाल्चोक : खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई विश्वास गरेर सामान पठाउने काममा स्थानीयको कमजोरी रहेको बताएकी छिन्। 

सिन्धुपाल्चोक जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा सभाको सम्बोधनको क्रममा मन्त्री मगरले स्थानीयले सिएमसीलाई विश्वास गरेर सामान पठाउने सम्लायर्सको कमजोरी रहेको बताइन्।

बिहीबार आयोजना स्थलमा झडप भएको भोलिपल्टै सिन्धुपाल्चोक पुगेकि मन्त्री मगरले मेलम्ची खानेपानी आयोजना निर्माणमा सरकार लागिरहेको बताइन्।सरकारले यसै आर्थिक वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको सुनाउदै सक्दो छिटो मेलम्ची समस्या समाधान गरेर काम सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरिन्।

उनले ढल व्यवस्थापन अहिलेको चुनौती बनेको बताइन्। ‘ढल व्यवस्थापन गरेर सुन्दर र समृद्ध नेपाल निर्माण अभियानमा जुटेका छौँ’ मन्त्री मगरले भनिन्, ‘२०३० सालसम्ममा नेपाललाई पूर्ण रुपले सरसफाई युक्त राष्ट्र बनाउने अभियानमा छौं।’

खुला दिशामुक्त अभियानमा सरकारले पूर्ण रुपमा साथ दिन नसकेकाले आउँदो असोज १३ गते खुला दिशामुक्त राष्ट्र घोषणा कार्यक्रम रहेको समेत जनाइन्।सरसफाइमा नेपाल दक्षिण एसिया मै पहिलो भएको समेत बताइन्। 

सिन्धुपाल्चोक खुला दिशामुक्त घोषणा

सिन्धुपाल्चोक जिल्ला शुक्रबारबाट खुला दिसामुक्त जिल्ला घोषणा भएको छ। खानेपानी मन्त्री मगरले सिन्धुपाल्चोकलाई खुला दिशामुक्त जिल्ला घोषणा गरेकी हुन्। 

नेपाल सरकारको राष्ट्रिय सरसफाई गुरुयोजना २०६८ को रणनीतिक कार्ययोजना अनुरुप देशलाई खुला दिशामुक्त बनाउने अभियानअन्तर्गत जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको हो।

२०७२ जेठमा सिन्धुपाल्चोकलाई खुला दिसामुक्त घोषणा गर्नै अन्तिम तयारीमा पुगेको थियो। अन्तिम चरणमा पुगेको बेलामा भुकम्पले ध्वस्त पारेपछि पुन अभियान सञ्चालन भएको थियो। 

भूकम्पपछि निर्माण भएका निजी आवास निर्माणमा शौचालय बिनाको किस्ता सिफारिस रोकिने प्रावधानले गर्दा सिन्धुपाल्चोक खुला दिशामुक्त जिल्ला घोषणा हुन सफल भएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले बताए। भूकम्पपछि पूननिर्माण अन्तिम चरणमा पुगेको छ।

निजी, सरकारी र अन्य गैह्र सरकारी संघ संस्थाहरूको भवन निर्माणमा समेत व्यवस्थित शौचालयको निर्माण भएका छन्। सबैको पहलकदमीले जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गर्न सफल भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.