|

उदयपुर : सुनचाँदी पसलका कालिगढमाथि कुटपीटको विरोधमा उदयपुरको गाईघाटका सुनचाँदी पसल मंगलबार बन्द गरिएको छ।

आइतबार राति कालिगढहरु सन्जीव विश्वकर्मा र आकाश पटेललाई स्थानीयले गरेको कुटपीट गरेको विरोधमा सुनचाँदी पसल बन्द गरिएको उद्योग वाणिज्य संघ गाईघाट इकाइका प्रथम उपाध्यक्ष रमेश विकले बताए।

स्थानीय व्यापारी राजकुमार चौधरी सहितको समूहले कालिगढमाथि मरणासन्न हुने गरी कुटपीट गरेका उनले बताए। ‘पसलबाट कालिगढ सन्जिव र आकाशलाई सल्लाह गर्नु छ भनी चौधरीको समुहले त्रियुगा उच्च माध्यमिक बिद्यालय परिसर भित्र लगेर निर्घात कुटपीट गरेको हो' उनले भने ‘कुटपीटबाट उनीहरुको शरीरमा गहिरो चोटपटक लागेको छ, दोषीलाई कानुनी कारवाही नभएसम्म सुनचाँदी पसल बन्द गर्ने व्यवसायीले घोषणा गरेका छन्।’

सोमबार पीडितले प्रहरी कार्यालयमा उजुरी गरेपछि प्रहरीले चौधरीसहित ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवि कोइरालाले बताए।

प्रहरीले महालक्ष्मी सुनचाँदी पसलका सञ्चालक सन्तोषकुमार साह, अनमोल ज्वेलर्सका अर्जुनकुमार ठाकुर, राज अटो वर्कशपका राजकुमार चौधरी, ओशो होटलका विजयकुमार साह र साउने गाविसमा औषधि पसल सञ्चालन गर्दै आएका अहेव श्याम साहलाई पक्राउ गरेको हो। पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको डिएसपी कोइरालाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.