राष्ट्रपती र प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम

|

काठमाडौं : विभिन्‍न अड्कलबाजीबीच चिनियाँ विदेशमन्त्री नेपाल आउने मिति तय भएको छ। चिनियाँ विदेशमन्त्री वाङ्ग यी आगामी आइतबार नेपालको तीन दिने भ्रमणमा आउन लागेको परराष्ट्रमन्त्रालयले पुष्टि गरेको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री वाङ्गले सेप्टेम्बर ८ देखि १० अर्थात भदौ २२ देखि २४ सम्म नेपालको भ्रमण गर्ने जानकारी परराष्ट्र मन्त्रालयले गराएको छ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ्ग राष्ट्रपति सी जिनपिङको सम्भावित भ्रमणको तयारीस्वरुप काठमाडौं आउने चर्चा चलेको थियो। सरकारका तर्फबाट यसको औपचारिक पुष्टि भएको थिएन।

नेपालको तीन दिने बसाईका क्रममा चिनियाँ विदेशमन्त्री वाङ्गले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। सोमबार परराष्ट्रमन्त्री ज्ञवालीसँग विदेशमन्त्री यी नेतृत्वको प्रतिनिधिमण्डलले औपचारिक द्विपक्षीय वार्ता गर्ने तय भएको छ।

सोही दिन परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री वाङ्गको सम्मानमा रात्रिभोजको आयोजना गर्नेसमेत परराष्ट्रमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

चिनियाँ विदेशमन्त्रालका प्रवक्ता हुवा चुनयाङ्गले समेत बेइजिङमा पत्रकार सम्मेलन गरी विदेशमन्त्री वाङ्ग यीले आइतबारदेखि नेपालको भ्रमण गर्ने जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.