|
फाइल फोटो

सुर्खेत : गौहत्या प्रकरण छानविनका लागि नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक र चितवन ट्रान्सपोर्टका सञ्चालकलाई सुर्खेत प्रहरीले पक्राउ गरेका छ।

नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विकी भनिने सत्रिप्त सिंह श्रेष्ठलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।

बोगटी र श्रेष्ठलाई बाँके प्रहरीको समन्वयमा सुर्खेत प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिए। उनले दुवैजनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाएको पनि जानकारी दिए ।

नेपालगञ्ज काञ्जी हाउसका गाईगोरु दैलेख लैजाने भन्दै ट्रकमा कोचेर सुर्खेततर्फ लगिएको थियो। तर भदौ १३ गते वीरेन्द्रनगरको कटकुवा र सुब्बाकुना नजिकैको भिरमा ३६ वटा मृत भेटिएका थिए।

प्रहरीले अनुसन्धानको क्रममा पाँचवटा ट्रकका पाँच चालक र दुई सहचालकसहित सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.