|

हेटौंडा : प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले आफ्नो अन्तिम सपना चेलीबेटी बेचबिखनमुक्त समाज बनाउने बताएकी छिन्। चेलीबेटी बेचबिखनविरुद्ध लामो समयदेखि आफूले संघर्ष गरिरहेको स्मरण गर्दै आफ्नो जीवनको अन्तिम सपना चेलीको भलाइमा हुने बताइन्।

 शुक्रबार प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘‘सरकारको प्रतिबद्धता : मानव बेचविखन तथा ओसार पसार नियन्त्रण हाम्रो ऐक्यबद्धता’’ भन्ने मूल नाराका साथ मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसरमा बोल्दै उनले नेपाल र भारतको खुल्ला सिमानाको कारण बेचविखनको घटना धेरै भएको बताइन्।

सिएनएन हिरोसमेत रहेकी कोइरालाले औपचारिक कार्यक्रममा प्रतिबद्धता गर्ने मात्र होइन, काम पनि गरेर देखाउनु पर्ने भन्दै बेचविखन रोक्न चुनौति रहेता पनि काम गरेर देखाउनुपर्ने बताइन। अधिकांश प्रतिबद्धता एकदिने नारामा सीमित भएको भन्दै यसलाई व्यवहारमा उतार्न आग्रह गरिन्। 

प्रदेश ३ को मकवानपुर, काभ्रे, नुवाकोट, सिन्धुपलाञ्चोकसहित धेरै जसो क्षेत्र मानव बेचविखनबाट अति प्रभावित भएकाले यसलाई रोक्नका लागि सबै व्यक्ति उत्तिकै जिमेवार भएर लाग्नुपर्ने उनले बताइन्। मानव बेचविखनको मुख्य कारण खुल्ला सिमाना रहको भन्दै उनले  अशिक्षा, बेरोजगार चुनौतिको रूपमा रहेको बताइन्।

यस्तै, कार्यक्रममा प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले मानव बेचविखन रोक्नका लागि आफूहरू निरन्तर लाग्ने बताए।  कार्यक्रमको सभाध्यक्षता गरेको मन्त्री दुलालले मानव बेचविखनका धेरैवटा रूपहरू भएकाले यसलाई रोक्न सबैको सहयोग आवश्यक रहेको बताए। मानव बेचविखन रोक्ने अभियानमा प्रदेश ३ का सबै नागरिकलाई लाग्न आग्रह गर्दै  यो विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए। 

सत्तापक्ष–प्रतिपक्ष संसद र सरकारमा मात्रै  

कार्यक्रममा बोल्दै प्रदेशका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले मानवताको पक्षमा सत्तापक्ष प्रतिपक्ष नहुने बताएका छन्। बानियाँले  सरकार र संसदमा मात्रै सत्तापक्ष र प्रतिपक्ष हुने बताए। मानव बेचविखन उन्मुलन गर्नका लागि सरकार सफल हुनुपर्ने भन्दै सरकारलाई सहयोग गर्न नेपाली कांग्रेस सँधै तयार रहेको बताए।

कार्यक्रममा ३ नम्बर प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी, ओम ग्लान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल  लगायत प्रदेश स्तरका उच्च पदस्थ कर्मचारीको उपस्थिती रहेको थियो। दिवसको अवसरमा प्रदेश राजधानीमा र्‍यालीसमेत निकालिएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.