समाज

त्रिविद्वारा चिकित्साशास्त्र स्नातक तहको प्रवेश परीक्षा स्थगित
SHARES

भदौ २०, २०७६

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानले शनिबारदेखि हुने भनिएको चिकित्साशास्त्र स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेको छ । 

    सर्वोच्च अदालतले प्रवेश परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको आज साँझ बसेको बैठकले परीक्षा स्थगित गरेको संस्थानका डीन डा जगदीश अग्रवालले जानकारी दिए। 

    उनले सर्वोच्च अदालतले परीक्षा स्थगित गर्न आदेश दिएपछि आफूहरुले बैठक बसी शनिबारदेखि सञ्चालन गर्ने भनिएको परीक्षा स्थगित गरेको बताए। 

        यही भदौ २१ गतदेखि शुरु हुने चिकित्साशास्त्रको स्नातकतर्फ एमबीबीएस, बीडीएस, नर्सिङ, फार्मेसी र बीपीएच तहको प्रवेश परीक्षा तोकिएको थियो ।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]