|

चितवन : चितवनमा घरबाटै हराएकी ६ वर्षीय बालीका २ दिनपछि मृत फेला परेकी छिन। भरतपुर महानगरपालिका ५ कैलासनगरकी बालिका स्मृति कार्की घर छेउको नहरमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

परिवारले बालिकाको हत्या भएको दावी गर्दै शंका लागेका व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिएको बालिकाका काका निसान कार्कीले बताए। बालिकाको शव अहिले पोसमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ।

ति बालिका कैलासनगर माविको कक्षा १ मा अध्ययनरत थिईन। उनका एक दिदी र भाइ रहेका छन। बुबा वैदेशिक रोजगारीमा रहेको बताइएको छ।

घट्ना रहस्यमय

स्मृति भदौ १९ गते राति साढे ९ बजे घरबाटै हराएकी थिईन। उक्त दिन घरमा ढलाईको काम भएकाले परिवारका केहि सदस्यहरु आँगनमा त केहि अर्को कोठामा सुत्नुपर्ने अवस्था थियो। रातिको खाना खाएर बाहिर निस्किएकी स्मृति एकाएक सम्पर्कविहीन भएकी उनका काका निसानको भनाइ छ।

‘१९ गत्ते राति पनि खोजियो, भोलीपल्ट २० गत्ते पनि दिनभर घर वरपर, घर नजिकै रहेको नहरमा पानी सुकाएर खोजतलास गरेपनि फेला परेनन’ उनले भने। ‘सोही दिन राति बालिका हराएकै समय साढे बजेतिर नयाँ नम्बरबाट बालिकाको ठुलोबुबाको मोवाईलमा फोन आयो।

फोन गर्ने व्यक्तिले भन्दै थिए ‘तपाईहरुले फेसबुकमा हराएको भनेर राखेको फोटोको बालिका मैले मोरङ्मा देखेँ, एकजना वृद्धासँग हिँडिरहेकी थिइन्, ठेगाना, बुबाको नाम सवै सोधे सबै मिल्यो।’

त्यसपछि परिवारले प्रहरीलाई सम्पूर्ण जानकारी गराएको निसानले बताए। 'आज बिहान जिल्ला प्रहरी कार्यालय चितवनलाई बुझ्दा मोरङ्बाट केही जानकारी आएको छैन, आएपछि खवर गरौँला भने।

त्यसपछि परिवारका सदस्यहरु केही समयमा सम्पर्कमा नआए खोज्नलाई जाने सल्लाह भइरहेको समयमा बालिका नहरमा मृत फेला परेको अर्को खबर आयो' उनले सुनाए।

घट्नाक्रम हेर्दा कुनै पनि हालतमा आफै नडुबेको परिवारको दाबी छ। उनिहरुले हत्या भएको दाबी गर्दै शंकास्पद व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिएका छन् भने बालिकाको शव भरतपुर अस्पतालमा राखिएको छ।

शंकास्पद व्यक्ति को हुन्?

बालिकाका काका निसानका अनुसार घर वरपर एक अपरिचित व्यक्ति शंकास्पद अवस्थामा हिँडडुल गर्ने गरेका थिए। उनी कहिले पसलमा सामान किन्न आउथे कहिले डिसकस गर्थे, शंकास्पद गतिविधि गर्थे, उनले भने पसलमा उदारो सामान माग्दा नदिएपछि निकै रिसाएर गएका थिए। पछि फेरि पैसा दिएर सामान लिएर गए।’ पछि बालिका हराएपछि पनि सो स्थानमा १ पटक देखा परेका थिए।

उनले बालिका चाँडै भेटिनेसमेत बताएको परिवारको भनाइ छ। ती व्यक्तिको वास्तविक परिचय थाहा नभए पनि फोटो भने खिचेर राखेको परिवार स्रोतले जनाएको छ। परिवारले ती व्यक्तिको फोटोसहित प्रहरीमा जाहेरी दिएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.