अछाम : अछाममा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ। मंगलसेन नगरपालिका-७ जनालीस्थित पुछेडी खोलामा डुबेर १३ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईंको मृत्यु भएको हो।
शनिबार बिहान गोठालो गएका उनीहरू पौडीखेल्ने क्रममा डुबेका हुन्। खाल्डोबाट दुवैजनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।