|

तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मीठा कुराले मात्रै देशको विकास र समृद्धि नहुने बताएका छन्। बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसरमा नेपाल तरुण दल तनहुँ क्षेत्र नम्बर २ द्वारा आयोजित दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिष्ट सरकारले नयाँ एजेण्डा ल्याउन नसकेको बताएका हुन्।

‘यो सरकारले जनताको मन जित्न पूरा गर्न नसक्ने सपना देखाएको छ, पानीजहाज ल्याइदिन्छु, रेल चढाउछु, घरघरमा ग्यास पुर्‍याउँछौ भन्ने अनि सरकारमा गएको लामो समयसम्म पनि कुनै गतिलो एजेण्डा ल्याउन सकेको छैन, हिजोभन्दा आज मुलुक झन् टाँट पल्टदै गएको छ, नारामा जस्तै समृद्ध नेपाल कहिले बन्छ?,’ उनले प्रश्न गरे। 

नेता पौडेलले कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त हुँदै गएको आरोप लगाए। कम्युनिष्ट सरकारको मीठा र चिल्ला कुराले भ्रष्टाचार नरोकिने उनको भनाइ छ। ‘भष्टाचारको काण्डहरू दिनानुदिन बढ्दै जाँदा यो सरकार किन चुप छ,’ उनले भने ‘मुलुकमा यति धेरै काण्ड र भ्रष्टाचार फैलिँदा पनि भ्रष्टाचारीलाई कार्वाही गर्नुको साटो संरक्षण गर्नतर्फ अग्रसर भएको छ।’

भ्रष्टाचारी अगाडि आउँदासमेत सरकार कार्वाही र छानबिन गर्नुको सटा मुकदर्शक बनेको आरोप उनको छ। ‘यो सरकार आउनासाथ भष्टाचार मौलाएको छ, अख्तियारले सानासाना कर्मचारी समाउँछ तर ठूलाठूला माछा समाउन किन चुकिरहेको छ सरकार, दुई तिहाईको सरकार बनेदेखि देशमा सुशासन कायम हुनुको सटो हराएको देखिन्छ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.