|

काठमाडौं : गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘दिल चोर्ने माकुरी’(मखमली चोली २) बोलको गीत सार्वजनिक गरिएको हो।

मखमली चोलीको सफलतापछि उक्त टिमले मखमली चोली २ तयार गरेको हो। मखमली चोली कोलको गीतले युट्युबमा ६५ लाख बढी भ्युज पाएको छ।

दिल चोर्ने माकुरी बोलको गीतमा राजन खतिवडाको संगीत रहेको छ।  गीतमा दील चोर्ने माकुरीलाई उजुरी दिने कुरा गरिएको छ। गीतकार अम्बिका गुरुङ केटाले मन पराएपछि केटीलाई फकाउन गरेको कुराकानीलाई गीतमा समेटिएको बताउँछिन्। गीतमा सुमन केसी र मेलिना राईले स्वर दिएका छन्।

शान थापाको निर्देशनमा बनेको यस गीतको भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन्। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा पल र एलिशाको केमेष्ट्रि निकै सुहाएको देखिन्छ। राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा सुरेश काफ्लेले ड्रेन उडाएका छन्।     

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.