|

चितवन : चितवन मेडिकल कलेजका विद्यार्थीले कलेजविरुद्ध नाराजुलुस गर्दै प्रदर्शन गरेका छन्। विद्यार्थीबाट बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने, नर्स तथा चिकित्सकको पारिश्रमिक बढाउनुपर्ने, मेडिकल माफियालाई कार्वाही गर्नुपर्ने लगायतका माग गर्दै विद्यार्थीले कलेज गेट अगाडि प्रदर्शन गरेका हुन्।

पछिल्ला केही दिनयता उनीहरूले दैनिक जसो नाराजुलुस तथा प्रदर्शन गर्दै आएका छन्। नाराजुलुसपछि मेडिकल कलेजअगाडि पुगेर कोणसभा गर्नु विद्यार्थीको दैनिकी नै बनेको छ। आफूहरूको माग सम्बोधन नगरेसम्म आन्दोलनलाई जारी राख्ने मेडिकल कलेजमा बिडिएस अन्तिम वर्ष अध्ययनरत विद्यार्थी प्रवीन तामाङले बताए।

यस्तै, बिएसी नसिङ दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कला अधिकारीले आफूहरूलाई मेडिकल कलेजले धेरै दुःख दिएको बताइन्। उनले कसैको उक्साहटमा नभई आफ्नो अधिकारका लागि स्वतस्फुर्त आन्दोलनमा उत्रिएको बताइन्। पदर्शनका क्रममा विद्यार्थीमाथि प्रहरी प्रशासन लगाएर दमन गरेको आरोप लगाउँदै उनले आन्दोलन नरोकिने चेतावनी दिएकी छिन्। विद्यार्थीले यसअघि प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

विद्यार्थीको माग

तोकेको भन्दा बढी शुल्क तिर्नुपर्दा मेडिकल कलेजका विद्यार्थीसँगै अभिभावकलाई मानसिक तथा आर्थिक तनाव हुनेगरेको उनीहरूको भनाइ छ। सरकार आफैँले निर्धारण गरेको शुल्क कडाइका साथ कार्यान्वयन नहुँदा विद्यार्थी र अभिभावक ठगिएको विद्यार्थीले बताए। एमबिबिएस, बिडिएस, बिपिएच, बिएससी नर्सिङ, बिएनलगायत सबै तहका विद्यार्थीले तोकिएको भन्दा बढी शुल्क तिर्नुपर्ने समस्याको अन्त्य गर्नुपर्ने उनीहरूको जोड छ।

एमबिबिएसका विद्यार्थीसँग उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार सरकारले शुल्क तोके पनि अधिकांस मेडिकल कलेजले २० लाखसम्म बढी शुल्क लिने गरेको छ। बढी शुल्क लिएको विरोधमा विभिन्न कलेजमा विद्यार्थीले आन्दोलन गरे पनि सरकारले ठोस कदम नचाल्दा समस्या समाधान हुन नसकेको उनीहरूको भनाइ छ। उनीहरूले मेडिकल कलेजले विद्यार्थीबाट लिएको कतिपय शुल्कको रसिद नदिँदा आफूहरू थप तनावमा परेको बताए।

विद्यार्थीले सरकारले निर्धारण गरेको शुल्क कडाइका साथ कार्यान्वयन गराउनुपर्ने, मेडिकल कलेजले पनि हुबहु कार्यान्वयन गर्नुपर्ने, मेडिकल शिक्षा र स्वास्थ्य सेवा सवैको पहुँचमा सहज रुपमा पुर्‍याउन सरकारले लगानी बढाउनुपर्ने, जतिसक्दो धेरै विद्यार्थीलाई छात्रावृत्तिबाट बढाउनुपर्ने, डाक्टर, नर्सहरूको समयअनुकूल न्यूनतम तलवमान तोक्नुपर्ने, पुरानो पाठ्यक्रमलाई समयनुक्रम परिवर्तन गरी आधुनिक बनाउनुपर्ने लगायतका मागसहित केही समयअघिबाट विद्यार्थी निरन्तर आन्दोलनमा उत्रिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.