|

यूएस ओपनको उपाधि राफाएल नाडालले जितेका छन्। 

दोस्रो वरियताका नाडालले पाँचौ वरियताका रसियन खेलाडी डानील मेडभेडेभलाई ३–२ को सेटले पराजित गरे। करिब ५ घण्टासम्म चलेको खेलमा नाडाल ७–५, ६–३, ५–७, ४–६ र ६–४ ले विजयी भएका हुन्।

लगातार दुई सेटमा विजयी भएका नाडाल फेरी लगातार दुई सेटमा पराजित भएपछि मेडभेडेभ खेलमा फर्किएका थिए। अन्तिम सेटमा नाडालले ६–४ ले जित हासिल गर्दै उपाधि जितेका थिए। नाडालको यो चौथो युएस ओपन उपाधि हो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.