|

काठमाडौं : नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्‍थल हो त्रिभुवन विमानस्‍थल।  नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा देशको विमानस्थलमा धेरै सुधार गर्ने क्रम जारी छ। 

दैनिक २१ घण्टा सञ्‍चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भदौ १५ गतेदेखि दैनिक ७ घण्टा बन्द गरेर विमानस्थल स्तरोन्नतिको दोस्रो चरणको काम भइरहेको छ।

विमानस्थलको दोस्रो चरणको काम सेप्टेम्बर १ देखि डिसेम्बर ३१ सम्म रहने बताइएको छ। दोस्रो चरणअन्तर्गत स्तरोन्नतिका लागि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म उडान अवतरण नै बन्द गरेर निर्माणको काम गरिने विमानस्थल कार्यालयले जनाएको छ। यसअघि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत (अप्रिल १) देखि २०७६ असार १५ (जुन ३०)सम्म दैनिक १० घण्टा बन्द भएको थियो।

साँझपख एयरपोर्टमा देखिएको झिलिमिली दृश्‍य :

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.