पाँच हजारको लोभले पुगे अख्तियारको खोरमा

|

पर्सा : नागरिकलाई सहायता गर्ने कक्षमा कार्यरत प्रहरी नै आफै खुस खाई अख्तियारको फन्दामा पर्छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। तर अब नागरिक सहायता कक्षमा कार्यरत प्रहरी खुस खाई अख्तियारको फन्दामा पुगेको कुरा आश्चर्य नमाने हुने भएको छ। 

यो आश्चर्यलाई क्रमभंग गरेका छन् जिल्ला प्रहरी कार्यालय पर्साको नागरिक सहायता कक्षमा कार्यरत प्रहरी जवान गम्भिरा साह तेलीले। उनले सेवाग्राहीको काम मिलाई दिएबापत नगद ५ हजार बुझ्दै गरेको समयमा अख्तियार दुरुपयोग अनुसनधन आयोगको टोलीले सोमबार रंगेहात पक्राउ गरेको हो।

प्रहरी जवान तेलीले निकै चलाखी गरी नगद भने प्रहरी कार्यालय बाहिर वीरगन्ज महानगरपालिका-६ मा रहेका भरत दही एण्ड स्वीट्स पसलमा बुझ्दै गर्दा रंगेहात पक्राउ परेका हुन्।

'हामी आयोगको कार्यालयमा लगी थप अनुसन्धान गर्छौं अहिले प्रहरी जवान तेलीलाई पनि लिएर जान्छौँ' अख्तियारको टोलीमा आएका सदस्यहरुले भने। आवश्यक पक्रिया पूरा गरी उनलाई अख्तियारको टालीले हेटौँडा लिएर गएको छ।

दही पसलमा साढे १० बजेबाटै भिड

 सुरुमा त हामीलाई केही थाहै भएन। एक्कासी मानिसको भिड त्यो पनि माइस्थान चौक छेउको दही पसलमा। '१२ बजेपछि त प्रायः गर्मी मौसमका कारण दही पसलमा दही च्यूरा खानेको आवतजावत बाक्लिन्थ्यो। तर सोमबार भने दही खान आउने जानेको भीडभन्दा अलि फरक किसिमको भिड दही पसलमा देखियो। पछि

बुझ्दा त प्रहरी आफैँ पो नगदसहित अख्तियारको फन्दामा परेका रहेछन्' स्थानीय पसलवालाहरुले भने, 'पछि स्थानीय वीरगन्ज महानगरपालिका-६ वडा अध्यक्ष ध्रुव नेपाल सहितका अरु पनि मानिसहरु पनि साक्षीका लागि आउनुभयो। अनि विस्तृत जानकारी भयो' पसल छेउको भरत स्वीट्स पसलका संचालक उमेश साहले भने। कहाँको मानिस कहाँ आएर नगद बुझेका कारण आजको पसलको व्यापार भने बर्बाद भएको दही पसलको समेत संचालक रहेका साहले तर्क गरे।

चिसोसँगै मेसो मिलाउने आफैँ अख्तियारको पञ्‍जामा

सुरुमा त पक्राउ परेका ती व्यक्ति पसलमा आएर चीसो पिएजस्तो लाग्यो। बुझ्दै जाँदा थाहा भयो उनी त प्रहरी जवान रहेछन् दही पसलको नजिक पसल संचालन गर्नेहरुले भने। अझ ‘पछि त झन चिसो र मेसो दुवै मिलाउन आएका प्रहरी जवान तेली त आफै पो अख्तियारको पंजामा परेका रहेछन् दही पसलको सामुन्ने पसल हुने व्यापारीहरुले बताए।

प्रहरी नै घुस लिनदिनमा तृष्ण बुद्धिका

पर्सा प्रहरीका निमित्त प्रहरी उपरिक्षक अनन्तराम शर्माले अशक्त छ भनी झन सहायता कक्षमा राखेको उसैलाई पो अख्तियारले घुस रकमसहित बाहिर समातेको हल्ला आएको छ।

अनुसन्धान होला, कार्यरत त पर्सा प्रहरी मातहतमा नै रहेको प्रहरी जवान हो, पर्साका प्रहरी प्रवक्तासमेत रहेका निमित्त प्रहरी उपरीक्षक शर्माले भने। घुससहित पक्राउ परेका प्रहरी जवान तेलीलाई भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा पुर्‍याइ सकिएको अख्तियारका सूचना अधिकारी वेदकुमार राईले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.