|

धनकुटा : राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका महामन्त्री एवं पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले नेपालमा प्रजातान्त्रिक एकताको शुरु नभएर कम्यूनिष्ट पार्टीको सरकार सर्वसत्ताबाद उन्मुख भएको बताएका छन्।

पार्टी संगठन सुदृढीकरण अभियानमा सोमबार धनकुटामा आएका महामन्त्री थापाले नेकपाको दुई तिहाईको सरकार को दम्भ भनेको प्रजातान्त्रिक एकता अभियान शुरु नहुनु प्रमुख कारण रहेको बताए। उनले नेपाली कांग्रेस तर्फ इग्कित गर्दै भने प्रजातान्त्रिक एकताका लागि लाग्नुपर्ने ठूलो शक्तिले नै शुरु गर्नुपर्छ। थापाले भने ‘आफूहरुले बृहत एकताको अभियान सुरु गरेर विभिन्न टुक्रा भएको प्रजातन्त्र पार्टी एउटै बनाउने अभियान सुरु गरेको बताए।

थापा गृह जिल्लामा एक महिना अघि २१ सदस्यिय रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक धनकुटा जिल्ला पार्टीका अध्यक्ष सहित १७ जनाले पार्टी विगठन भएको घोषणा गरेपछि पहिलो पटक धनकुटा अएका थिए। उनले हाल लक्ष्मी सुब्बाको संयोजकत्वमा ११ सदस्य जिल्ला सञ्चालन समिती बनाएको र चाँडै जिल्ला अधिवेशन गरिने, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको शालिक निर्माण गर्ने साथै बृहत प्रजातान्त्रिक एकताको लागि पहल शुरु गर्ने कार्यकर्ता धनकुटा भेलाले निर्णय गरेको थापाले बताए।

फरक प्रशंगमा आफू सरकारमा बस्दा वाणिज्य नीति पारीत गरी एकीकृत निर्यात व्यापारलाई पूर्णता दिएको तथा डब्लुटिओ र साफ्टालगायत अन्तराष्ट्रिय रुपमा भएका प्रतिबद्धता कार्यन्वयन गरेको दावी गरे। नेपाल आयल निगममा रहेको दुई खर्ब भारतीय ऋण तिर्न सफल भएको तर अहिलेको सरकार गैर जिम्मेवार बनेको आरोप लगाए।

आफुले सुरु गरेको रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाईन सफल भएको भन्दै यसमा आफूलाई गर्व लागेको बताए। दुई तिहाईको दम्भका कारण सरकार तीन बर्ष वित्नलाग्दा समेत संघियताको मर्म अनुसार प्रदेशको नमाङ्कन र सीमाङ्कन टुङ्गो गाउन नसकेको थापाले बताए। सुखी नेपाली र मुलुकमा समृद्धिको नारा दिएर सरकारले राज्यको सामर्थ्य बारेमा अध्ययन नगरी खर्बौको ऋण जनताको टाउकोमा थोपारेको आरोप लगाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.