|

कालिकोट : जिल्ला कारागार कालिकोटमा क्षमताभन्दा बढी कैदी बन्दी राखिँदा उनीहरूको स्वास्थ्य उपचारमा समस्या देखिएको छ।

१० महिला र १५ पुरुषका लागि बनाइएको कारागारमा हाल ३७ पुरुष र एक महिला गरी ३८ कैदी बन्दी छन्।

कारागारमा एक हेल्थ असिस्टेन्टको दरबन्दी भए पनि खालि रहेको छ। सामान्य बिरामी हुँदा समेत उपचारका लागि जिल्ला अस्पताल लग्नुपर्ने बाध्यता रहेको जेलर सञ्जय महतोले बताए। ‘सामान्य रुघाखोकी लाग्दासमेत बाहिर लग्नुपर्ने अवस्था छ’, उनले भने, ‘जिल्ला अस्पताल लैजाँदा सुरक्षाको समस्या हुने गरेको छ।’

कारागारको क्षमता अनुसार २५ जना कैदी बन्दीले मात्र औषधोपचार खर्च पाउने व्यवस्था बढी कैदी बन्दी भए पनि उपचार खर्च सबैका लागि आइरहको जेलर महतोले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.