|

काठमाडौं : दोस्रो युथ गेम्स २०१९ मा नेपालले पोलब्रेकर्स खेलमा सहभागिता हुन भारत पुगेको नेपाली टोली स्वदेश फर्किएको छ। खेलमा पहिलो स्थान सहित स्वदेश फर्किएको हो।

भारतको १४ प्रदेस र एक अथिती टोली नेपालको सहभागिता रहेको उक्त प्रतियोगिता नेहरु युवा केन्द्र र भारतको नेसनल युथ गेम्स एसोसिएसनको संयुक्त आयोजनामा भएको थियो।

नेपालको तर्फबाट गोरखा पोलब्रेकर्स एसोसिएसन अफ नेपाल का १७ बर्ष मुनिका जुनिएर टिमले सहभागिता जनाएका थिए। एक ब्यबस्थापक, एक प्रशिक्षक,नवजागृती माबी का प्रधानाध्यापक र विद्यालयका विद्यार्थी गरि जम्मा १० जनाको टोलि अगस्ट २६ मा प्रस्थान गरेका थिए। 

व्यवस्थापक तथा संघका केन्द्रीय अध्यक्ष उद्धब नारायण श्रेष्ठ, प्रशिक्षक सुबिन चालिसे, नवजागृती मा बि का प्रधानाध्यापक डम्बर बहादुर राई तथा खेलाडी क्रमस  प्रकाश लामा, प्रबिन सेर्पा, छिरिङ सेर्पा, अन्कित राई, राज गुरुङ, दिवस मगर र श्याम कार्कीको पोलब्रेकको टोली सेप्टेम्बर  पहिलो साता नेपाल आएका छन। 

राष्ट्रिय खेलकुद परिषदमा दर्ता रहेको यो नयाँ खेललाई फैलाउन र शान्तिको संदेश दिन अब निरन्तर लागि पर्ने र देशको नाम बिस्वसामु राख्नको लागि गोरखा पोलब्रेक संघ नेपालले अन्य कार्यक्रमहरु राख्ने पनि संघका सानु लामाले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.