|

सिरहा: जिल्ला सदरमुकाम सिरहास्थित नेपाल विद्युत प्राधिकरणमा कार्यरत इलेक्ट्रिसियनाई सोमबार दिउँसो अख्तियार टोलीले घुस रकमसहित पक्राउ गरेको छ।

प्राधिकरणमा जागिर लगाइ दिने आश्वासन दिंदै एक व्यक्तिसँग घुसवापत् लिएको ८० हजार रुपैयाँसहित करिब ४० वर्षीय इलेक्ट्रसियन छेदीलाल साह सोनारलाई महोत्तरीको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको टोलीले पक्राउ गरेको हो।

सोनार सिरहा चोहर्वा सहायक सडक खण्डको विष्णपुर १ स्थित चोकको चिया खाजा पसलबाट ८० हजार घुस रकमसहित पक्राउ परेका हुन्। घुस रकमसहित पक्राउ गरिएका सोनारलाई थप अनुसन्धानका लागि बर्दिवास लगिएको जनाइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.