सय भन्दा धेरै हवाइ उडान रद्ध

|
फाइल फाेटाे

  जापानको राजधानी टोकियो र त्यस आसपासमा शक्तिशाली आँधी आएको छ। तिव्र गतिमा हावाहुरीका साथ बर्षा हुँदा ठुलो क्षति भएको अधिकारीहरुले बताएका छन्। आँधिका कारण हजारौं मानिसलाई त्यस क्षेत्रबाट बाहिर जान चेतावनी दिइएको छ।

आँधीका कारण धेरै क्षेत्रका झण्डै ३ लाख मानिसको घरमा विद्युत आपूर्ति ठप्प भएको छ भने सवारी आवागमन पनि प्रभावित भएको छ। आँधी गएको समयमा हावाको गति २ सय १६ किलोमिटर प्रतिघण्टा सम्म रहेको थियो। जापानी प्रसारक एनएचके ले ट्वीट गर्दै राजधानीको पूर्वी क्षेत्रमा रहेको चिबा र कनगावा क्षेत्रमा झण्डै ५ हजार मानिसलाई त्यहाँबाट हट्न निर्देशन दिएको थियो।

अधिकारीहरुले ३ लाख ९० हजार भन्दा धेरै मानिसलाई बर्षा र हावाको स्तर उच्च तहमा पुग्ने भन्दै सचेत गराएका थिए। शिन्जुओकाममा दर्जन बढी घरहरु क्षतिग्रस्त भएका छन्। भारी बर्षाका कारण टोकियोबाट सयभन्दा बढी उडान रद्ध गरिएको छ भने राजमार्गहरु बन्द गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.