|

जुम्ला  जुम्लाको एक मात्र नगरपालिकाका बासिन्दाले खानेपानीको चरम अभाव व्यहोर्दै आएका छन्। चन्दननाथ नगरपालिका–२ पौपडे टोल अर्थात् कालीखोली गाउँका बासिन्दा खानेपानीको समस्या भोग्दै आएका छन्। ४३ घरधुरी रहेको पौपडे टोलवासीले घरघरमा खानेपानीको धारा भए पनि त्यहाँ पानी नआएको एक वर्ष भयो।

खानेपानीको समस्याबारे सम्बन्धित निकायलाई झक्झक्याउँदा पनि सुनुवाइ नभएको उनीहरुको गुनासो छ। धारामा पानी नआएपछि तीलानदी धाउनु परेको स्थानीय महिला निमाएया भण्डारीले गुनासो गरिन्। ‘पहिलो  कैलाशबोदी बोर्डिङबाट एउटा पानीको नाला लिएका थियौं, त्यसले अहिले पुग्दैन,’ उनले भनिन्, ‘जनसंख्या बढ्दै जाँदा त्यति पानी आउँदैन ।’

पानीबिना महशुल तिर्न बाध्य

पानी नआएको एक वर्ष भए पनि प्रतिमहिना न्युनतम ८० रुपैयाँ महसुल  तिर्दै आएको स्थानीयहरु बताउँछन्। 

धारामा खानेपानी नआएपछि कहिले खोलीकोट गाउँमा त कहिले तीलानदीमा जाने गरेको पौपडे टोल सुधार समितिका अध्यक्ष चक्रबहादुर  भण्डारीले बताए। ‘झण्डै ५० हजार रुपैयाँ व्यक्तिगत रुपमा लगानी गरेर धारा निर्माण धारा निर्माण निर्माण ग¥यौं,’ उनले गुनासो गरे, ‘अहिले पानी  खान पाउनको साटो बिनापानीको महशुल शुल्क तिर्दैछौं।’

उहाँका अनुसार खानेपानी, सरसफाइ तथा सब डिभिजन कार्यालयले  खाने पानी आउँदैन भनेर जानकारी गराए पनि समस्या समाधान भएको भण्डारीले बताए ।

 

पानीकै लागि बिहान बित्छ 

यस टोलका  बासन्दिा बिहान उठ्नबित्तिकै पानीको जोहो गर्न थाल्छन्। आङमा लामाले भनिन्, ‘पानी आउँदैन । बिहान केही काम गर्न पाइँदैन पानी लिनकै लागि ठिक्क हुन्छ ।’ 

खानेपानी लिन अर्को गाउँ जाँदा पाँच वर्षीया छोरालाई विद्यालय पठाउन पन िनपाएको उनको गुनासो छ। उनले भनिन्, ‘स्कुल जाने समयसम्म पानी लिएर आए जान पाउँछन्, नत्र पाउँदैनन्।’ 

यहाका  गर्भवती, सुत्केरी महिलाहरुले एक घण्टाको पौदलयात्रा गरेर तीला नदिने पानी ल्याउनुपर्ने बाध्यता छ।

सिंहदरवारले सुन्दैन गुनासो

पौपडे टोलका स्थानीयहरुले नगरप्रमुखले स्मार्ट सिटीको भाषण गरे पनि नागरिकहरुले भने खानेपानीसमेत नपाएको बताउँछन्। 

चक्रबहादुर भण्डारीका अनुसार खानेपानीको समस्या लिएर नगरपालिका  पुग्दा नगरप्रमुख कान्तिका सेजुवालले टोलमै पुगेर समस्या पुग्ने आश्वासन दिए पनि समस्या समाधान नभएको बताए । उनले भनिन्, ‘न त प्रमुख आउनुभयो न वडाले समस्या बुझ्यो।’

पौपडे टोलमै रहेको एसिया इन्टरनेसनल बोर्डिङ स्कुलका सञ्चालक मनोज बुढाथाकीले भने, ‘स्कुलमा ९०० विद्यार्थी छन्। मेसिनले पानी लिकालेर दिन्छौ। कतिपयले घरबाटै ल्याउने गरेका छन्।’

वडा नम्बर २ का अध्यक्ष  धनरासी भण्डारीले यस वस्तीमा खानेपानीको समस्याबारे जानकारी नभएको बताउँछन्। ‘भरखरै समस्याबारे थाहा पायौं,’ उनले भने, ‘यस वडामा खानेपानीको स्रोत नएकाले तत्काल समस्या समधान गर्न सकिँदैन, तर, जति सक्दो छिटो खानेपानीको ट्याङकीको व्यवस्था गरेर भए पनि समस्या समाधान गर्न तर्फ लाग्ने छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.