|

काठमाडौं : नबिल बैंक लिमिटेड र एडुकेसन कन्सलटेन्सी एसोसिएसन अफ नेपाल (इक्यान) बीच विशिष्ट बैंकिङ सेवा प्रदान गर्ने सम्झौता भएको छ। दुई संस्थाले सम्झौतापत्रमा हस्ताक्षर गर्दै उक्त सहमति गरेका हुन्। 

अब नबिल बैंकले इक्यान, इक्यानसँग आबद्ध सदस्य संस्थाहरू, तीनका कर्मचारी एवम् विद्यार्थीका लागि आधिकारीक बैंकको रूपमा सेवा प्रदान गर्नेछ। यस सम्झौता अन्तर्गत बैंकले इक्यान, सदस्य संस्थाहरू तथा विद्यार्थीहरूलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेषणका सुविधा, कार्ड सुविधा, कर्मचारी खाता, अनलाइन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्नेछ।

उक्त सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नेपालका भविश्यको कर्णधार विद्यार्थीलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने जनाए।

इक्यानको तर्फबाट अध्यक्ष विष्णुहरि पाण्डेले इक्यानले नबिल बैंक जस्तो प्रतिष्ठित बैंकलाई आधिकारीक बैंकको रूपमा पाउनु र आफ्नो संस्था, सम्पूर्ण सदस्य संस्थाहरू, कर्मचारी लगायत विद्यार्थीहरूले सुलभ रूपमा बैंकिङ सुविधा पाउनु गर्वको विषय भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.