|
फाइल फोटो

काठमाडौं : कप्तान रोहितकुमार पौडेलको कप्तानी पारीमा एसिसी यु-१९ एसिया कप क्रिकेटमा नेपालले युएईलाई १६० रन हराउँदै फराकिलो अन्तरले जित हात पारेको छ।

मंगलबार श्रीलंकाको मारियन्स क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले युएईलाई २८५ रन लक्ष्य दिएको थियो।

नेपालले दिएको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको यूएईले ३४.४ ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्रै बनाउन सक्यो। यूएईका लागि व्रित्य अरविन्दले सर्वाधिक २८ रन जोडे।

बलिङतर्फ नेपालका सागर ढकालले तीन विकेट लिँदा, राशिद खान, पवन सर्राफ र सूर्य तामाङले समान २/२ विकेट लिए।

नेपालका लागि कप्तान पौडेलले ६७ रन बनाए। आशिफ शेखले ४५ र सन्दीप जोराले ४८ रन बनाएका थिए। राशिद खानले ४४ र कमलसिंह ऐरीले ४१ रन जोडे भने कुशल मल्ल २२ रनमा आउट भए।

युएईका लागि आकाश ताहिर र सञ्चित शर्माले समान ३/३ विकेट लिएका थिए। उसका पालिनियापन मेयाप्पनले २ विकेट लिएका थिए।


रोहितको कप्तानी पारीमा नेपालद्वारा युएईलाई २८६ रनको लक्ष्य
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.