|

काठमाडौं : सन् २०२२ को कतार विश्वकपको छनोटको समूह चरणको दोस्रो खेलमा चाइजिन ताइपेइविरुद्ध नेपालले २-० को अग्रता बनाएको छ।

ताइपेईको घरेलु मैदानमा ताइपे स्टेडियममा जारी खेलमा दुवै हाफमा १/१ गोल गरेको छ।  खेलको तेस्रो मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। ताइपेईका खेलाडीले रबि पासवानलाई लडाएपछि पाएको फ्रिकिक पाएको थियो।

सुजल श्रेष्ठको प्रहारलाई अन्जनले हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। ६३ औँ मिनेटमा सुजलको हेडरपासलाई अन्जनले जाली चुमाउँदै अग्रता दोब्बर बनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.