|
फाइल फोटो

दाङ : दाङको घोराही-१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै १८ करोड रुपैयाँ हिनामिना गरेको आशंकामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई पक्राउ गरेको छ।  बैंकमा कार्यरत दुई कर्मचारीलाई बैंकको रकम हिनामिनाको आरोपमा मंगलबार पक्राउ गरेको हो।

अनियमिततामा केही कर्मचारी पनि मुछिएको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले बताए। उनले पक्राउ परेका कर्मचारीको परिचय भने खुलाउन चाहेनन्।

प्रहरीले यसअघि बैंकका प्रबन्धक समि बुढाथोकीसहित १२ जनालाई पक्राउ गरे पनि ४ जना छुटिसकेका छन् भने अरू हिरासतमै छन्। बैंकले हाल नारायणपुर शाखाको सम्पूर्ण बैंकिङ कारोवार बन्द गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.