|
फाइल फोटो

रुकुम : रुकुम पश्चिममा मंगरबार बेलुका परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका १०, स्थायी घर भएका ३६ वर्षीय केशरबहादुर खत्री रहेका छन्।

मुसिकोट नगरपालिका १३, मा रहेको अस्थायी बसोबास गर्दै आएको आफ्नै घर नजिक काठ चिरानी गरिरहेको बेला परेको चट्याङबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

उनका अनुसार चट्याङबाट अन्य २ जना पनि घाइते भएका छन्। घाइते हुनेहरूमा रुकुम पश्चिम मुसिकोट नगरपालिका १३ का नैनसिंह खत्री र आसिराम रोका रहेका छन्। घाइतेहरूलाई उपचारको लागि अस्पताल ल्याइँदै छ। घाइतेहरूको अवस्था जटिल नरहेको बताइएको छ। तीनैजना घर नजिक काठ चिरानीको काम गरिरहेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.