|

 

गत वर्ष ओलम्पिकमा ब्राजिललाई स्वर्ण जिताए। ब्राजिली टोलीबाट ६ खेल खेल्दै ५ गोल गरिसके। पेल्मइरसलाई भर्खरै ब्राजिली लिगको उपाधि जिताए। उनी ब्राजिली लिगका सर्वोत्कृष्ट खेलाडी समेत घोषित भए। 

 

ब्राजिलको लिग च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएपछि ग्राबियल जेसस इङल्याण्ड छिरेका छन्।

मंगलबार म्यानचेस्टर आइपुगेका जेसस ब्राजिली फुटबल लिगका पछिल्लो हट केक हुन्। नेइमारको पाइला पछ्याउँदै उनी युरोप छिरे।

इङल्याण्डमा उनले कस्तो प्रदर्शन गर्लान्? शीर्ष स्थानको चेल्सीभन्दा निकै पछि रहेको म्यानचेस्टर सिटी उनको आगमनपछि कत्तिको लयमा फर्कन्छ? यी र यस्ता प्रश्नहरुको जवाफ कुर्न अब धेरै समय प्रतिक्षा गर्नुपर्दैन।  

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डीओला उनको आगमनमा निकै खुसी छन्।‘ग्राबियलले क्षमता देखाउने मौका पाउनेछन्। उनले तयारी गर्नका लागि पनि पर्याप्त मौका पाउनेछन्,’ प्रशिक्षक गार्डीओलाले भनेका छन्। उनी तत्कालै जेससमाथि दबाब थोपर्न चाहन्‍नन्। तर धेरैको बुझाई के छ भने अब ग्राबियल बिस्तारै सर्जियो अग्वुइरोको सट्टामा सिटीमा नयाँ स्टार हुनेछन्। अर्थात उनी म्यानचेस्टर सिटीको इतिहासकै सबैभन्दा स्टार खेलाडी बन्‍नेछन्। 

भर्खरै १९ वर्ष पुगेका ग्राबियललको सफलता जत्तिको लोभलाग्दो छ। उनको यात्रा उत्तिकै कस्टकर छ।

म्यानचेस्टर सिटीले २७ मिलियन पाउन्ड तिरेपछि ग्राबियललाई छाड्नका लागि पेल्माइरस तयार भयो। उनलाई आबद्ध गर्न बार्सीलोना पनि मरिमेटेर लागेको थियो। तर बार्सीलोनाकै पूर्व प्रशिक्षक पेप गार्डीओलाले ग्राबियललाई सिटी भित्र्याउन महत्वपूर्ण भूमिका खेले। ब्राजिली लिग सकिएपछि जनवरीमा म्यानचेस्टर आउने शर्तमा गत अगस्टमा नै उनलाई सिटीले किनेको थियो। उनले ५ वर्षसम्मका लागि सिटीसँग सम्झौता गरेका छन्। सम्झौताको ६ महिनाको अवधि समाप्त भइसकेका कारण अब उनी ४ वर्ष ६ महिनासम्म सिटीमा रहनेछन्। 

बाइरो डा लिमाओबाट उनको परिवार जर्डिन पेरी बसाई सर्दा ग्राबियल केवल ३ वर्षका थिए। यही उनले फुटबल खेल्न सिके। यही उनका पिताको निधन भयो।

आमा  भेरा लुसियाले धेरै संघर्ष गरेर उनीसहित उनका ३ दाजुभाईलाई हुर्काइन्। ‘सडक सफा गर्ने एउटी महिलाले आफ्ना छोराछोरी हुर्काउन कति संघर्ष गर्नुपर्छ भन्ने तपाईलाई थाहै होला,’ आफ्नी आमाका विषयमा जेससले भनेका छन्,‘उनले मलाई संघर्ष सिकाइन्। मैले यसकारण फुटबल रोजे किनकी फुटबलरहरु चाडैं हुर्कन्छन्,’ १९ वर्षका जेसस भन्छन्,‘काँधमा धेरै जिम्मेवारी र धेरै समस्याहरु थिए। त्यसैले ति पुरा गर्ने क्रममा म परिपक्‍व भैसकेको छु।’

ब्राजिली फुटबल हस्ती रोनाल्डोले यसअघि टप न्युजसँगको कुराकानीमा जेससको अनुहारमा आफ्नो विगत देखेको बताएका थिए। १६ वर्षको उमेरमै ब्राजिली टोलीमा छानिएका रोनाल्डोको फुटबल यात्रा पनि सडकबाटै सुरु भएको थियो। पेलेदेखि रोमारियो, रिभाल्डो, रोनाल्डिन्हो र वर्तमान स्टार नेइमारसम्म आइपुग्दा ब्राजिली फुटबलरहरुले अभाव र गरिबीसँग ठूलै युद्ध लडेका छन्। जेसस पनि यस्तै युद्ध जितेर आएका हुन्। 

सन् २०१४ मा ब्राजिलले विश्‍वकपमा जर्मनीको हातबाट लज्जास्पद पराजय व्यहोर्दा जेसस सामान्य फुटबल समर्थक थिए। पेल्मइरसको युवा टोलीबाट खेल्दै उनले आफुलाई विकास गरे। २०१४ यु–१७ साओ पावलो च्याम्पियनसिपमा उनले २२ खेल खेल्दै ३७ गोल गरे। ब्राजिलको उत्कृष्ट युवा फुटबल घोषित भए। यसपछि कथा फेरियो।

सन् २०१५ को मार्चमा पेल्मेइरसको सिनियर टोलीमा डेब्यु गरेपछि आजसम्म ग्राबियल एकपछि अर्को सफलताको सिढीं चढ्दैछन्। उनले गत वर्ष ओलम्पिकमा ब्राजिललाई स्वर्ण जिताए। ब्राजिली टोलीबाट ६ खेल खेल्दै ५ गोल गरिसके। पेल्मइरसलाई भर्खरै ब्राजिली लिगको उपाधि जिताए। उनी ब्राजिली लिगका सर्वोत्कृष्ट खेलाडी समेत घोषित भए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.