|

सुनसरी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारबिरुद्ध आन्दोलनमा उत्रनुपर्ने अवस्था आउन सक्ने भएकाले कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन्।

सुनसरीबाट दोस्रो जनजागरण अभियानको औपचारिक थालनी गदै सभाापति देउवाले वर्तमान सरकारको रवैया निरंकुश देखिएको आरोप लगाए। जिल्ला पार्टी कार्यालय सुनसरीमा आयोजित सभामा देउवाले सरकारले हरेक क्षेत्रमा हस्तक्षृप बढाएको आरोप लगाए।

बढ्दो बाह्य हस्तक्षेपले मुलुकको शाख र समृद्धि गुम्ने अवस्थामा पुगेकाले संविधानको रक्षाका लागि कांग्रेस जनजागरण अभियानको थालनी गरेको उनले बताए। देउवाले दोस्रो जनजागरण अभियान देशभरका जनतामाझ नेकपा सरकारको निरंकुश र झुटको खेतीलाई चिर्नेतर्फ केन्द्रित रहने बताए।

आवश्यक परे सरकार विरुद्ध आन्दोलनमा उत्रने उनको चेतावनी थियो। यसका लागि सबै पार्टी पंक्तिलाई र भातृ संगठनलाई तयारी अवस्थामा रहन समेत देउवाले निर्देशन दिए। कार्यक्रमा उपसभापति बिजयकुमार गच्छदार सहित ज्ञानेन्द्रबहादुर कार्की, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, मिन बिश्वकर्मा लगायतकाले सम्बोधन गदै सरकारको कडा आलोचना गरे।

१०६ औं विपी जयन्तीको अवसर पारी काँग्रेसले सुनसरीकोे इनरुवाबाट दोस्रो चरणको अभियानको घोषणा गरेको हो। सो अवशरमा इनरुवामा रहेको गिरीजाप्रसाद कोइराला स्मृति भवनको पार्टी सभापति देउवाले उद्घाटन समेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.