|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई बर्खास्त गरेका छन्। 

बोल्टनसँग आफ्नो विचार  बाझिएकाले बर्खास्त गरेको ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएका छन्।  बोल्टनको ठाउँमा अर्को व्यक्तिलाई अर्को हप्ता नियुक्ति गर्ने जनाएका छन्।  ट्रम्पले बर्खास्त गरेको बताए पनि बोल्टनले भने आफैले पद त्यागेको बताएका छन्। 

बोल्टनले राष्ट्रपति ट्रम्पले विदेश नीतिका सम्बन्धमा गर्न चाहेका विभिन्न परिमार्जनमा असहमति जनाउँदै आएका थिए।  बोल्टन सन् २०१८ को अप्रिलदेखि राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा कार्यरत थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.